महिला टी–२० विश्वकप क्रिकेटको तालिका सार्वजनिक
आइतबार, २३ वैशाख २०८१, १६ : २६

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नवौँ संस्करणका महिला टी–२० विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक गरेको छ ।
अक्टोबर ३ देखि २० सम्म बंगलादेशमा टी–२० विश्वकपका लागि १० वटा टिमलाई दुईवटा समूहमा बाँडिएको छ ।
भारत, अष्ट्रेलिया, न्यूजिल्यान्ड, पाकिस्तान र क्वालिफायर–१ को टिम समूह ‘ए’ मा छन् ।
यस्तै दक्षिण अफ्रिका, इङल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र क्वालिफायर–२ को टिम समूह ‘बी’ मा छन् ।
क्वालिफायर–१ र क्वालिफायर–२ का लागि यही अप्रिल २५ देखि यूएईमा भइरहेको टी–२० विश्वकप छनोटको फाइनलमा पुग्ने दुई टोली छानिनेछन् ।
अक्टोबर ३ मा इङ्गयान्ड र दक्षिण अफ्रिकाले खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछन् । प्रतियोगिताको सेमिफाइनल र फाइनल खेलका लागि ‘रिजर्भ डे’ राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एल क्लासिकोमा बार्सिलोना विजयी, उपाधिको मुखैमा रियाललाई ठूलो झट्का, एम्बाप्पेको ह्याट्रिक गयो खेर
-
स्थापनाको ९ वर्षसम्म बनेन पालिकाको आफ्नै घर, भाडामै सकियो ६० लाख
-
१२ बजे, १२ समाचार : काठमाडौंका दुई निजी विद्यालयमा छापादेखि बालेनसँगको लफडाले काठमाडौंबाट हात झिक्दै सडक विभागसम्म
-
सिरियामा चार दिनदेखि डढेलो, नियन्त्रणमा चुनौती
-
एकीकृत समाजवादीको झापा अध्यक्षमा भट्टराई
-
बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा