आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

दशरथ रङ्गशालाबारे प्रश्न उठाउँदै फिफा र एएफसीको पत्रपछि खेलकुदमन्त्रीले बोलाए बैठक

मङ्गलबार, २५ वैशाख २०८१, ११ : १३
मङ्गलबार, २५ वैशाख २०८१

काठमाडौँ । विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले दशरथ रङ्गशालाबारे प्रश्न उठाउँदै पत्राचार गरेपनि खेलकुद मन्त्रालयले चासो राखेको छ । यस विषयमा छलफलका लागि खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले मंगलबार मन्त्रालयमा सरोकारवालाको बैठक बोलाएका छन् । 

छलफलमा राखेपका सदस्यसचिव टंकलाल घिसिङ र एन्फाका पदाधिकारीलाई बोलाइएको मन्त्रालय स्रोतको भनाइ छ । 

फुटबलका दुई निकायले रंगशालाको स्तर सुधार गर्न एन्फालाई पत्राचार गरेको थियो ।  दशरथ रङ्गशाला नेपालको एक मात्र अन्तर्राष्ट्रिय रङ्गशाला हो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप