जसपा विभाजनबारे प्रचण्डसँग माधवको चासो
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चासो राखेका छन् ।
सोमबार बेलुका पार्टी संसदीय दलको बैठकपछि माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डलाई भेटेका नेता नेपालले पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्ने क्रममा जसपा विभाजनबारे चासो राखेका हुन् । साथै नेपालले सरकारको नीति तथा कार्यक्रम, बजेट लगायतका विषयमा पनि छलफल गरेका थिए ।
एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री शेरबहादुर कुँवरले प्रधानमन्त्रीसँग अध्यक्षले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गरेको बताए ।
‘दुई नेताका बिचमा भएको धेरै त थाहा हुने कुरा भएन । तर जसपा विभाजन, सरकारको नीति तथा कार्यक्रम, बजेट र सुदूरपश्चिमका मुख्यमन्त्रीको विश्वासको मतमा भएको ढिलाइबारे कुराकानी भएको हुनसक्छ’, प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने,‘गठबन्धनलाई मिलाएर लैजाने दायित्व प्रधानमन्त्रीको हो भन्नेमा नेपालको जोड रहेको बुझिन्छ ।’
सोमबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकमा नेता नेपालले गठबन्धनमा विश्वासको वातावरण बन्न नसकेको बताएका थिए । जसपा विभाजनपछि संसदीय दलको बैठक बोलाएका नेपालले त्यसपछि प्रधानमन्त्रीसँग छलफल गरेर मंगलबार सचिवालय बैठक बोलाएका छन् ।
मंगलबार दिउँसो पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सचिवालय जारी बैठकमा पार्टीको आगामी १०औँ महाधिवेशन, विकसित राजनीतिक अवस्था र अन्य महत्त्वपूर्ण विषयमाथि छलफल भइरहेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
स्रोतका अनुसार बजेट अधिवेशनलगत्तै गठबन्धन छोड्न नेता नेपाललाई पार्टीभित्रै चर्को दबाब छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण