सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

मन्त्रालयको बजेटले लुँडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ : मन्त्री श्रेष्ठ

बिहीबार, २७ वैशाख २०८१, १९ : ५०
बिहीबार, २७ वैशाख २०८१

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको बजेटले लुँडो, चेस र बाघचाल मात्रै खेलाउन सकिने बताएका छन् । 

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले मन्त्रालयमा बजेट न्यून भएका कारण लुँडो, चेस र बाघचाल मात्रै खेलाउन सकिने बताएका हुन् । उनले देशभरका जनप्रतिनिधि खेलकुदको क्षेत्रमा बजेट माग गर्दै आउने गरेको भन्दै जनप्रतिनिधिको माग अनुसार बजेट दिन नसकिने बताए । उनले खेलकुद पूर्वाधारको क्षेत्र समयसापेक्ष रूपले विकास हुन नसकेको बताए । उनले नीतिगत रूपमा खेल क्षेत्रको सुधारका लागि मन्त्रालय लागिरहेको बताए ।

मन्त्री श्रेष्ठले खेल क्षेत्रको सुधार गर्नका लागि राजनीतिक आबद्धता त्याग्नुपर्ने बताए । उनले संघहरु दलहरू अन्तर्गत रहेका भन्दै त्यसले खेल क्षेत्रको विकास हुन नसक्ने बताए । उनले दशरथ रंगशाला समय सापेक्ष नभएको भन्दै विदेशीहरूले भने अनुरूपको मापदण्ड रंगशालामा कायम गर्न नसकिएको बताए । उनले युवा तथा खेलकुद मन्त्रालय योभन्दा तल जाने ठाउँ नै नरहेको भन्दै अब जे गरेपनि राम्रो हुने बताए । दशरथ रंगशालामा खेलकुद बाहेकका गतिविधिलाई रोक्नुपर्ने पनि मन्त्री श्रेष्ठले बताए ।

मन्त्री श्रेष्ठले दशरथ रंगशालाको विकल्पको रूपमा काठमाडौँ उपत्यकाभन्दा बाहिर रंगशाला बनाउनुपर्नेमा जोड दिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप