मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

‘राष्ट्रिय सभामा प्रतिनिधि सभाको छाया पर्न खोजेको आभास भयो’

शुक्रबार, २८ वैशाख २०८१, १५ : ४४
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौँ । राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले राष्ट्रिय सभामा प्रतिनिधि सभाको छाया पर्नु नहुने बताएका छन् । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

शर्माले राष्ट्रिय सभा प्रतिनिधि सभा भन्दा फरक भएकाले अन्तर्विरोध र अन्तरसंघर्ष ननिकाली मेलमिलापबाट अघि बढ्न जरुरी रहेको बताए । उनले राष्ट्रिय सभामा बिस्तारै प्रतिनिधि सभाको छाया पर्न लागेको आभाषा आफूलाई भइरहेको पनि बताए । उनले राष्ट्रिय सभालाई गरिमायुक्त सभा बनाइराख्न सबै सांसदहरूले गम्भीर भएर सोच्नुपर्ने बताए ।

उनले भने, ‘राष्ट्रिय सभाको जुन गरिमा छ, राष्ट्रिय सभा अलिकति फरक हो । र यसले फरक पहिचान स्थापित गर्नुपर्छ भन्ने सबैलाई थाहा छ । पल्लापटि रोके यहाँ पनि रोक्ने र त्यहाँ नारा लगाए यहाँ पनि नारा लगाउने र त्यहाँ जेजे गर्दछन्, यहाँ त्यस्तै गर्ने हो भने फोटोकपी मेसिनको दुई ठाउँ आवश्यक हुँदैन ।’

शर्माले २०१३ सालको कानुन चलाएर संघीयता सबलीकरण हुन नसक्ने बताए । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय राष्ट्रको विषय भएको छिटो टुंग्याउन आवश्यक रहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप