‘राष्ट्रिय सभामा प्रतिनिधि सभाको छाया पर्न खोजेको आभास भयो’
काठमाडौँ । राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले राष्ट्रिय सभामा प्रतिनिधि सभाको छाया पर्नु नहुने बताएका छन् । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
शर्माले राष्ट्रिय सभा प्रतिनिधि सभा भन्दा फरक भएकाले अन्तर्विरोध र अन्तरसंघर्ष ननिकाली मेलमिलापबाट अघि बढ्न जरुरी रहेको बताए । उनले राष्ट्रिय सभामा बिस्तारै प्रतिनिधि सभाको छाया पर्न लागेको आभाषा आफूलाई भइरहेको पनि बताए । उनले राष्ट्रिय सभालाई गरिमायुक्त सभा बनाइराख्न सबै सांसदहरूले गम्भीर भएर सोच्नुपर्ने बताए ।
उनले भने, ‘राष्ट्रिय सभाको जुन गरिमा छ, राष्ट्रिय सभा अलिकति फरक हो । र यसले फरक पहिचान स्थापित गर्नुपर्छ भन्ने सबैलाई थाहा छ । पल्लापटि रोके यहाँ पनि रोक्ने र त्यहाँ नारा लगाए यहाँ पनि नारा लगाउने र त्यहाँ जेजे गर्दछन्, यहाँ त्यस्तै गर्ने हो भने फोटोकपी मेसिनको दुई ठाउँ आवश्यक हुँदैन ।’
शर्माले २०१३ सालको कानुन चलाएर संघीयता सबलीकरण हुन नसक्ने बताए । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय राष्ट्रको विषय भएको छिटो टुंग्याउन आवश्यक रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण