अफगानिस्तानमा बाढीको कहर : १ सय ५० भन्दा बढीको मृत्यु
आइतबार, ३० वैशाख २०८१, ०९ : ५१
काबुल । अफगानिस्तानको उत्तरी क्षेत्रमा आएको बाढीका कारण सयौँको मृत्यु भएको छ । बाढीका कारण मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने पनि आशङ्का छ ।
तालिवान अधिकारीहरूले बाढीका कारण १५० जनाको मृत्यु भएको बताएका छन् । यता मानवीय संस्था विश्व खाद्य कार्यक्रमका अनुसार भने बाढीका कारण तीन सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
बगलान प्रान्तका पाँच जिल्ला शुक्रबार रातिदेखि आएको बाढीको चपेटामा परेका छन् । त्यहाँका घरमा क्षति पुगेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । विश्व खाद्य कार्यक्रमका अनुसार २ हजार ११ घर पूर्ण रूपमा ध्वस्त भएका छन् । यसबाहेक २ हजार ८ सय घरमा क्षति पुगेको छ ।
बाढीका कारण तीन मस्जिद र चार विद्यालयमा पनि क्षति पुगेको छ । उत्तरी अफगानिस्तानको काबुलसँग जोड्ने सडक बन्द गरिएको अधिकारीहरूले बताएका छन्।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण