‘मोदीबेनी’ श्रावण १८ मा रिलिज हुने
काठमाडौँ । फिल्म ‘मोदीबेनी’ आगामी श्रावण १८ गते रिलिज हुने भएको छ । निर्माता दिलीप केसीले बितरसँगको सल्लाह अनुसार श्रावण १८ उपयुक्त मितिको रूपमा पाएको बताए ।
फिल्ममा अमर प्रताप श्रेष्ठ, वर्षा सिवाकोटी, रेजिना उप्रेती, प्रवीण खतिवडा, सरोज खनाल, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस लगायतको अभिनय छ । फिल्म मार्फत रेजिना उप्रेतीले १२ वर्षपछि कमब्याक गर्दैछिन् ।
फिल्मले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित कथा भन्छ । फिल्मका निर्देशक शङ्कर कोइरालाले बताए ।
डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको फिल्म आनन्द विक्रम क्षेत्रीले लेखेका हुन् । दिलीप के.सी. निर्माता र हरि श्रेष्ठ सह–निर्माता रहेको फिल्ममा उत्सव दाहालको डिओपी, भरत रेग्मीको सम्पादन छ ।
फिल्म रिच इन्टरटेन्मेन्टले काठमाडौँ उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र क्षेत्रमा रङ्गभेद : के कलाभित्र पनि विभेदको पर्खाल छ ?
-
संघीय संसद्का चार समितिको बैठक सोमबार बस्दै
-
विदेश त्यागेर गाउँमै ड्रागनखेती : चुलाचुलीका प्रविणले कमाउँछन् वार्षिक १२ लाख
-
बीमा दाबी भुक्तानीमा समस्या भए उजुरी दिन प्राधिकरणको आह्वान
-
इरानद्वारा होर्मुज जलमार्ग बन्द भएको घोषणा, अमेरिका भन्छ, ‘खुला छ’
-
बैंककको बारमा आगलागी : २७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण