सेपाकताक्रो विश्वकपमा भाग लिने नेपाली टोलीको बिदाइ
काठमाडौँ । नेपाली टोलीले मलेसियाको क्वालालम्पुरमा आयोजना हुने सेपाकताक्रो विश्वकपमा सहभागिता जनाउने भएको छ । विश्वकपमा सहभागी हुने नेपाली राष्ट्रिय सेपाकताक्रो टोलीलाई युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले बिहीबार बिदाइ गरे ।
मन्त्री श्रेष्ठले नेपाली टोलीलाई विश्वकपमा उच्च मनोबलसहित उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिए । रोशन तामाङको कप्तानीमा रहेको नेपाली टोलीमा दीपेशजंग थापा, उमेशबहादुर महतो, अनिल जर्घामगर, विजय महतो र पदमबहादुर थाडामगर रहेका छन् ।
नेपाली टोलीको प्रशिक्षकमा श्यामबहादुर श्रेष्ठ, व्यवस्थापकमा नेत्रप्रसाद गुरुङ र अन्तर्राष्ट्रिय टेक्निकल अफिसरमा नेसिर मास्के रहेका छन् । शनिवारदेखि सुरू हुने विश्वकपमा २१ राष्ट्रको सहभागिता रहने बताइएको छ । नेपाल प्रतियोगिताको डिभिजन ‘एक’ मा रहेको छ । नेपालको समूहमा नौवटा राष्ट्रबिच प्रतिस्पर्धा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण