९ महिनामा २३८ अर्ब ९४ करोड ऋण परिचालन, चालु खर्च ६४४ अर्ब ३ करोड
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०–८१ को नौ महिनासम्ममा चालु खर्च रु.६४४ अर्ब ३ करोड भएको जनाएको छ । आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले पुँजीगत खर्च रु.९७ अर्ब ३८ करोड र वित्तीय व्यवस्था खर्च रु.१६७ अर्ब ९९ करोड भएको जनाएको छ ।
सो अवधिमा नेपाल सरकारको कुल खर्च रु।९०९ अर्ब ३९ करोड भएको महालेखा नियन्त्रक कार्यालयलाई उद्धृत गर्दै राष्ट्र बैंकले जनाएको छ ।
यस अवधिमा सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) रु.७४८ अर्ब ४ करोड भएको छ । यस्तै समीक्षा अवधिमा सरकारी खर्च गत वर्षको सोही अवधिको तुलनामा ३.६ प्रतिशतले घटेको छ भने राजस्व परिचालन ९.४ प्रतिशतले बढेको छ ।
यस्तै सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष २०८०-८१ को नौ महिनासम्ममा सरकारले रु.१७६ अर्ब आन्तरिक र रु.६२ अर्ब ९४ करोड बाह्य गरी कुल रु.२३८ अर्ब ९४ करोड ऋण परिचालन गरेको बैंकको त्रैमासिक समीक्षामा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण