गाजामा तीन जना बन्धकको शव फेला
गाजा । इजरायली सेनाले उत्तरी गाजाको जबलियामा तीन जना बन्धकको शव फेला पारेको जनाएको छ। शव फेला परेकामा शानी लुक, अमित बुस्किला र इत्जाक रहेका छन् ।
इजरायली सेनाका अनुसार उनीहरूको अक्टोबर ७ मा नै हत्या गरिएको थियो र गाजा लगिएको थियो। स्थानीय सञ्चारमाध्यमका अनुसार बन्धकहरूको शव गाजाको सुरुङमा फेला परेको हो ।
अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो । यस आक्रमणमा १२ सय मानिस मारिएका थिए । त्यसपछि हमास लडाकुहरूले गाजामा २५२ जनालाई बन्धक बनाएका थिए। यसको जवाफमा गाजा र वेस्ट बैंकमा इजरायली सैन्य कारबाहीमा हालसम्म ३४ हजारभन्दा बढी मानिस मारिएका छन् ।
तीन जनाको शव फेला परेका मध्ये एक जर्मनीकी शानी लुक हुन्। शानी जर्मनीकी एक पर्यटक थिइन् जो गाजा सीमा नजिकै आयोजित एक सुपरनोभा संगीत महोत्सवमा भाग लिइरहेकी थिइन्।
शानीकी आमा रिकार्डाले उनले आफ्नी छोरी समातिएको भिडियो देखेको थिइन् । टाउकोमा गम्भीर चोट लागेका कारण गाजामा शानीको अवस्था निकै नाजुक रहेको उनले पछि थाहा पाएको बताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण