जीतपुर सिमराले भत्कायो सार्वजनिक जग्गामा बनेका अनधिकृत संरचना
बारा । जीतपुर सिमरा उपमहानगरपालिका सार्वजनिक जग्गामा बनेको अनधिकृत संरचना हटाएको छ । उपमहानगरले वडा नं १२ स्थित फत्तेपुर बजारमा रहेको करिब १ बिगाहा सार्वजनिक जग्गामा बनेका निजी संरचनामा आज डोजर चलाएर खाली गरेको हो ।
उपमहानगरले साविकको फत्तेपुर गाविस ३ (क) को कित्ता नं. १७ को १८ कठ्ठा जग्गामा अव्यवस्थित र अनधिकृत तरिकाले बनेका ३५ वटा भन्दा बढी घर टहरा, निजी स्कुल लगायतका संरचना भत्काएको हो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा घेराबिच संरचना भत्काउन पुगेको उपमहानगर र वडाको टोलीले अवरोधको भने सामना गर्नुपरेन । उपमहानगरपालिकाले डोजर चलाउन थालेपछि उक्त घर टहरामा बस्दै आएका स्थानीय आफैँले सामान सुरक्षित स्थानमा सारेका छन् भने केहीले आफैँ भत्काउन थालेका छन् ।

फिल्ड बुकमा खाली महल उल्लेख भएको सो जग्गा २०२२ सालको नापीमा हाटबजार भनी जनाइएको छ ।
वडाध्यक्ष श्यामबाबु खाँले स्थानीय प्रहरी प्रशासनको सहयोगमा उपमहानगरको डोजरले सार्वजनिक जग्गामा बनेका संरचनाहरू हटाएको बताएका छन् । उनले स्थानीयहरू आफैँ घर खाली गरेकोले संरचना हटाउन खासै समस्या नभएको बताएका छन् ।
घर टहरा भत्काउन दलबलसहित पुगेका नगर प्रमुख राजन पौडेलले अनधिकृत संरचना हटाउन सुरुमा केही समस्या भए पनि पछि सहज भएको बताए । नगरप्रमुख पौडेलले सार्वजनिक जग्गा संरक्षण गर्न स्थानीयहरूले सकारात्मक भूमिका निर्वाह गरेको बताए ।

सोही जग्गामा यसअघि अनधिकृत संरचना भत्काउन खोज्दा उपमहानगरको निर्णयविरुद्ध उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जमा रिट समेत परेको थियो । उक्त रिटमाथिको बहसपछि अदालतले हाट बजारको नाममा रहेका वर्तमान संरचना अनधिकृत रहेको ठहर गरेपछि उपमहानगरपालिकालाई डोजर चलाउन कानुनी बाटो खुलेको थियो ।
यसअघि सार्वजनिक जग्गा खाली गर्न वडा कार्यालयले पटक–पटक सूचना निकाल्दा अटेर गर्दै आएका स्थानीयहरूले अदालतको आदेश उपमहानगरको पक्षमा आएपछि स्वतःस्फूर्त रूपमा जग्गा खाली गरेका हुन् ।

उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले उक्त अनधिकृत संरचना हटाउनका लागि यसअघि पटक पटक छलफल समेत गरेका थिए । अव्यवस्थित र अनधिकृत संरचना हटाएर व्यवस्थित बजार निर्माण गर्ने उपमहानगरपालिकाको उद्देश्य रहेको नगर उपप्रमुख अधिकारीको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल
-
नाटकीय खेलमा सेनेगल पराजित, बेल्जियम विश्वकपको अन्तिम १६ मा
-
बेल्जियमको सनसनीपूर्ण कमब्याक, खेल २–२ को बराबरीमा
-
५१ औँ मिनेटमा इस्माइला सारको गोल, बेल्जियमविरुद्ध सेनेगल २–० ले अघि
-
पहिलो हाफ सकिँदा बेल्जियम १–० ले पछाडि, सेनेगलको अग्रता कायमै
-
२४ औँ मिनेटमा हबिब डियाराको गोल, बेल्जियमविरुद्ध सेनेगल १–० ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण