गौतमबुद्ध विमानस्थलमा युक्रेनी जहाज
बुधबार, ०९ जेठ २०८१, १५ : ३७
बुटवल । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा युक्रेनको विमान अवतरण भएको छ ।
युक्रेनको वोइङ जहाज मंगलबारदेखि विमानस्थलमा पार्किङ भएको हो । गौतमबुद्ध विमानस्थलका सूचना अधिकारी विनोद रावतले विमान १३ गतेसम्म विमानस्थलमा पार्किङ हुने जानकारी दिए ।
उक्त विमानमा चालक दलका सदस्यहरू मात्रै रहेका छन् । युक्रेनी कम्पनीको उक्त चार्डड जहाज लिबियामा शान्तिस्थापनार्थ नेपाली शान्ति सैनिक लिएर नेपाल आएको र काठमाडौँमा पार्किङ समस्या र चार्ज पनि तिर्नुपर्ने हुनाले भैरहवा ल्याइएको बताइएको छ ।
काठमाडौँमा घण्टाको हिसाबले पार्किङको शुल्क तिर्नुपर्ने हुन्छ । तर गौतमबुद्ध विमानस्थल प्रवर्द्धन गर्नको लागि ल्यान्डिङ्ग र पार्किङ्गको शुल्क लिने गरिएको छैन ।
जेठ १३ गते उक्त विमान भैरहवाबाट काठमाडौँ हुँदै स्वदेश फर्किने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण