आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय

गौतमबुद्ध विमानस्थलमा युक्रेनी जहाज

बुधबार, ०९ जेठ २०८१, १५ : ३७
बुधबार, ०९ जेठ २०८१

बुटवल । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा युक्रेनको विमान अवतरण भएको छ । 

युक्रेनको वोइङ जहाज मंगलबारदेखि विमानस्थलमा पार्किङ भएको हो ।  गौतमबुद्ध विमानस्थलका सूचना अधिकारी  विनोद रावतले विमान १३ गतेसम्म विमानस्थलमा पार्किङ हुने जानकारी दिए । 

उक्त विमानमा चालक दलका सदस्यहरू मात्रै रहेका छन् । युक्रेनी कम्पनीको उक्त चार्डड जहाज लिबियामा  शान्तिस्थापनार्थ नेपाली शान्ति सैनिक लिएर नेपाल आएको र काठमाडौँमा पार्किङ समस्या र चार्ज पनि तिर्नुपर्ने हुनाले भैरहवा ल्याइएको बताइएको छ  । 

काठमाडौँमा घण्टाको हिसाबले पार्किङको शुल्क  तिर्नुपर्ने हुन्छ । तर गौतमबुद्ध विमानस्थल प्रवर्द्धन गर्नको लागि ल्यान्डिङ्ग र पार्किङ्गको शुल्क लिने गरिएको छैन । 

जेठ १३ गते उक्त विमान भैरहवाबाट काठमाडौँ हुँदै स्वदेश फर्किने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप