मानवअधिकार विरोधी क्रियाकलाप सदाका लागि अन्त्य गर्नुपर्छ : देउवा
बिहीबार, १० जेठ २०८१, ०७ : २८
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।
बुद्ध जयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गरेर उनले नेपाल अझै पनि हिंसा, मानव अधिकार प्रतिकूल घटनाबाट मुक्त हुन नसकेको बताउँदै मानव अधिकार विरोधी क्रियाकलाप सदाका लागि अन्त्य गर्न सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए।
“शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, वचन र कर्मले पालना गरौँ, अशान्ति, हत्या र हिंसाको विरोध गरौँ । देशमा शान्ति कायम होस्, सबै प्रकारका दमनबाट सबैले मुक्ति पाउन्”, उनले शुभकामना सन्देशमा भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण