आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय

मधुमेहका बिरामीका लागि औषधि हो किम्बु; फल, पात डाँठ सबै उपयोगी

बिहीबार, १० जेठ २०८१, १२ : ५०
बिहीबार, १० जेठ २०८१

काठमाडौँ । तपाईँको ब्लड सुगर नियन्त्रणमा आइरहेको छैन भने किम्बु खानु तपाईँका लागि फाइदाजनक हुन सक्छ । किम्बुको पात, डाँठ र फल सबैमा औषधीय गुण हुन्छ । जसले ब्लड सुगरलाई नियन्त्रण गर्न मद्दत गर्न सक्छ ।

किम्बुमा पाइने पोषक तत्त्व र एन्टीअक्सिडेन्ट्सले शरीरको इन्सुलिन संवेदनशीलता बढाउँछ र चिनीको स्तरलाई पनि स्थिर राख्छ । किम्बुको नियमित सेवन स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ ।

रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सकिएन भने यो मधुमेहमा परिणत हुन सक्छ, जसलाई सम्हाल्न निकै गाह्रो हुनेछ । व्यायाम र स्वस्थ आहारको मद्दतले मधुमेहलाई नियन्त्रणमा राख्न सकिन्छ । आजको यस लेखमा मधुमेहलाई नियन्त्रण गर्न रामवाण साबित हुन सक्ने फल अर्थात् किम्बुको बारेमा कुराकानी गर्नेछौँ । किम्बुको पात, डाँठ र फल सबैमा औषधीय गुण हुन्छ, जसले रगतमा चिनीको मात्रालाई स्थिर राख्न मद्दत गर्छ ।

रगतमा चिनीको मात्रा बढ्दा तिर्खा लाग्ने, बारम्बार पिसाब लाग्ने, घाउ अनि फोकाहरू चाँडै निको नहुने, फंगल इन्फेक्सन बढ्ने, छिटो छिटो भोक लाग्ने, मुख सुख्खा भइरहने जस्ता अनेक समस्याहरू देखा पर्छन् । मधुमेहमा बिरामीको प्यान्क्रियाजले इन्सुलिन हर्मोन उत्पादन गर्न बन्द गर्छ वा कम मात्रामा उत्पादन गर्छ । इन्सुलिन एक हार्मोन हो जसले रगतमा चिनीलाई नियन्त्रण गर्छ । रगतमा चिनीको स्तर बढेपछि धेरै गम्भीर रोगहरूको जोखिम पनि बढ्छ ।

पोषक तत्त्वले भरिपूर्ण

किम्बु खास गरी सेतो किम्बु ब्लड सुगरका लागि धेरै लाभदायक छ । यसमा फाइबर, भिटामिन सी, आइरन, प्रोटिन, क्याल्सियम र भिटामिन ए जस्ता जरुरी पोषक तत्त्वहरू पाइन्छ । सेतो किम्बुमा पाइने यी तत्त्वहरूले रगतमा चिनीको मात्रालाई नियन्त्रण त गर्छ नै समग्र स्वास्थ्यमा पनि सुधार ल्याउँछ । यसको नियमित सेवनले धेरै स्वास्थ्य समस्याबाट बच्न सकिन्छ ।

रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सहयोगी

सेतो किम्बुले रगतमा चिनीलाई नियन्त्रण गर्छ । यसले इन्सुलिनलाई नियमित गर्न मद्दत गर्छ । क्यान्सर कोशिकाको वृद्धिलाई रोक्नुको साथसाथै यसले कोलेस्ट्रोलको स्तर कम गर्न पनि मद्दत गर्दछ ।

टाइप २ को मधुमेहका  बिरामीले ३ महिनासम्म दिनहुँ ३ पटक १ हजार मिलीग्राम  किम्बुको पातको ‘अर्क’ सेवन गर्ने हो भने सुगर छिट्टै घट्ने एउटा अध्ययनले देखाएको छ । यसले हेमोग्लोबिन ए१सीको स्तरमा पनि सुधार गर्छ । किम्बुको पातको रसले इन्सुलिन उत्पादनको जिम्मा पाएको प्याङ्क्रियाजका बीटा कोशिकाहरूको कार्यसम्पादनमा सुधार्न मद्दत गर्छ ।

पात, डाँठ वा फल जे पनि खान सक्नु हुन्छ

रगतमा चिनीको मात्रा कायम राख्न किम्बुको पात, फल वा डाँठहरू प्रयोग गर्न सकिन्छ । हरेक बिहान खाली पेटमा किम्बुको पातको रस वा डाँठको चूर्ण सेवन गर्नु फाइदाजनक हुन्छ । किम्बुको सबै हिस्सामा औषधीय गुण छन्, जसले रगतमा चिनी नियन्त्रण गर्न मद्दत गर्दछ र समग्र स्वास्थ्यमा पनि सुधार गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप