खेलकुदमन्त्री भन्छन्– ‘सन्दीपको भिसाका लागि प्रयास भइरहेको छ’
बिहीबार, १० जेठ २०८१, १४ : ४८

काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासले राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेको भिसा (प्रवेशाज्ञा) अस्वीकार गरेको विषयमा युवा तथा खेलकुद मन्त्रालयले आवश्यक पहल सुरु गरेको छ ।
युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्कासँगको कुराकानीपछि बिहीबार खेलकुद मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई सन्दीपलाई भिसा उपलब्ध गराउन आवश्यक सहजीकरणका लागि अनुरोध गर्दै पत्र पठाएको छ ।
मन्त्री श्रेष्ठले सन्दीपको भिसाका लागि मन्त्रालयबाट गर्नुपर्ने सबै पहल भइरहेको बताए । अब परराष्ट्र मन्त्रालयले सन्दीपको भिसाको विषयमा आवश्यक काम कारबाही अगाडि बढाउनेछ । टी–२० विश्वकप खेल्न जाने तयारीमा रहेका सन्दीपलाई बुधवार अमेरिकी दूतावासले अन्तरवार्तामा बोलाएर भिसा दिन अस्वीकार गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाको बहिस्कार र रास्वपाको बेल घेराउका बिच संसद् चलाइयो, तस्बिरहरू
-
इजरायलमाथि इरानले गरेको क्षेप्यास्त्र आक्रमणमा ५ जनाको मृत्यु
-
संसद्को कारबाही जबरजस्ती अगाडि बढाउन खोजियो : अध्यक्ष लिङ्देन
-
संसद् बैठक : राप्रपाको बहिस्कार, रास्वपाको नाराबाजी
-
राना थारू समुदायबाट पहिलो पटक अन्तर्राष्ट्रिय भलिबल कोर्ट पुगेका अशोक
-
परिवार र आफन्तसँग अलविदा भन्दै सम्पर्कविहीन भए डा.केशव श्रेष्ठ