सीएफ मोटोको मोटरसाइकल तथा स्कुटरको बुकिङ्ग खुला
काठमाडौँ । विश्व विख्यात दुईपाङ्ग्रे ब्राण्ड सीएफ मोटो तथा जिहो ब्राण्डका मोटरसाइकल तथा स्कुटरको टेस्ट राइड तथा बुकिङ्ग खुल्ला भएको छ । सीएफ तथा जिहो ब्राण्डका लागि नेपालको आधिकारिक वितरक रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्«ेड सेन्टरले सीएफ मोटोको एनके २५०, एसआर २५०, एनके ४५० तथा जिहोको एई६ एलआर (डबल ब्याट्री) र सिटी स्पोर्ट मोडलका स्कुटर सार्वजनिक गरेसँगै टेस्ट राइड र बुकिङ्ग खुल्ला गरेको हो ।
सीएफ मोटोको उत्पादनहरूलाई उत्कृष्ट बिक्री वितरण, सहज स्पेयर पार्टसको उपलब्धता, आफ्टर सेल्स सर्भिस र ग्राहकहरुलाई सहज सेवा सुविधा दिने हेतुले नेपालकै प्रतिष्ठित तथा अग्रणी व्यापारिक समूह रिलायन्स ग्रुप सीएफ मोटो तथा जिहोलाई नयाँ रुपमा बिक्री वितरणको रणनीति सहित नयाँ आधिकारिक विक्रेताको रुपमा छनोट भएको हो ।

विभिन्न उमेर समूह लक्षित गर्दै कम्पनीले सीएफका उत्कृष्ट मोटरसाइकल र विद्युतीय सवारी साधन रोज्नेहरुका लागि जिहो ब्राण्डका स्कुटरहरु बजारमा ल्याएको छ ।
मोटरसाइकल तथा स्कुटर टेस्ट राइडका लागि कम्पनीले नक्साल, झम्सीखेल तथा सल्लाघारीस्थित आधिकारिक शोरुममा व्यवस्था मिलाएको छ ।
नयाँ आधिकारिक वितरक नियुक्त भएसँगै ऋषि ट्रेड सेन्टरले सीएफ मोटो तथा जिहोलाई नेपालकै अग्रणी दुई पाङ्ग्रे ब्राण्ड बनाउने ध्येयले समय सापेक्षिक योजना तथा उत्पादनहरू सार्वजनिक गर्ने कम्पनीले बताएको छ । जस अन्तर्गत सर्भिस क्याम्प, ग्राहक साक्षात्कार कार्यक्रम तथा रोड साइड सहायता सेवा लगायतका विभिन्न कार्यहरूको सुरुवात पनि गरिएको कम्पनीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण