आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय

सिट्रोन ईसी–३ को साइन भेरिएन्ट अर्को साता नेपालमा लन्च हुँदै

बिहीबार, १० जेठ २०८१, २२ : ५४
बिहीबार, १० जेठ २०८१

काठमाडौँ । सिट्रोनको इलेक्ट्रिक कार ईसी-३ साइन परीक्षणको क्रममा नेपाली सडकमा देखिएको छ । नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले सो गाडी परीक्षण गरेको अनुमान गरिएको छ ।

पहिले फिल र लाइभ भेरिएन्ट उपलब्ध भएकोमा भारतीय बजारमा टप स्पेक भेरिएन्ट साइन समेत लन्च गरिएको थियो । तर सो साइन भेरिएन्ट नेपाली बजारमा उपलब्ध थिएन । सो नयाँ भेरिएन्टमा इलेक्ट्रोनिकल्ली एड्जस्टेवल ओआरभीएमएस, रियर पार्किङ क्यामेरा, १५ इन्चको डायमन्ड कट अलोय ह्विल, फ्रन्ट र रियरमा स्किड प्लेट, रियर वाइपर एबं वासर, रियर डिफगर र लेदरले वेरिएको स्टेयरिङ ह्विल थप गरिएका छन् ।

नेपाली बजारमा उपलब्ध ईसी–३ मा २९.२ किलोवाट आवरको ब्याट्री र ४२ किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको छ । ३.३ किलोवाट अनबोर्ड एसी चार्जर दिइएको यो ईभीलाई एकपटक फुल चार्ज गरेपछि ३२० किलोमिटरसम्म यात्रा गर्न सकिने एआरएआईले दावी गरेको छ ।

साथै यसको पावर ५६ बीएचपी र टर्क १४३ एनएम रहेको छ । १०७ किलोमिटर टप स्पिड भएको यसलाई डिसी फास्ट चार्जरको साहयतामा ५७ मिनेटभित्रै १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ र  यो इलेक्ट्रिक कारको मूल्य नेपाली बजारमा ३२ लाख ९९ हजार र ३४ लाख ९९ हजार निर्धारण गरिएको छ ।

कम्पनी स्रोतका अनुसार सम्भवतः अर्को साता सम्म नयाँ साइन भेरिएन्टको समेत औपचारिक रुपमा बिक्री–वितरण शुरु हुनेछ । यसको मूल्य ४० लाख रुपैयाँ भन्दा कम हुने अनुमान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप