सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय

चारधाम यात्रामा मर्नेको सङ्ख्या ५२ पुग्यो

शुक्रबार, ११ जेठ २०८१, १६ : १६
शुक्रबार, ११ जेठ २०८१

उत्तरखन्ड । चारधाम यात्रा सुरु भएयता अहिलेसम्म ५२ जनाको मृत्यु भएको छ ।  सञ्चारमाध्यामहरुका अनुसार बद्रीनाथमा १४, केदारनाथमा २३, गंगोत्रीमा ३ र यमुनोत्रीमा १२ जना भक्तजनको ज्यान गएको हाे ।

मे १० मा भारतले चारधाम यात्रा खुला गरेको थियो । यात्रा खुलाइए यता नै तीर्थयात्रीहरूको भिड थेगिनसक्नु भएको भन्दै केही दिनअघि मात्रै उत्तराखण्ड प्रदेशले चारधाम यात्राका लागि यो महिनाको अन्त्यसम्मका लागि नाम दर्ता प्रक्रिया बन्द गरेको थियो । 

 हृदयाघातका कारण बद्रीनाथ धाममा दर्शन गर्न आएका आठ जना भक्तजनको मृत्यु भएको बताइएको छ । गएको १० वर्षमा केदारनाथमा ३५० तीर्थयात्रीको मृत्यु भएको आँकडा छ । यी मध्ये धेरैको मृत्युको कारण हृदयाघात थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप