सञ्चार क्षेत्र शङ्कारहित हुनुपर्छ : मुख्यमन्त्री अधिकारी

पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले सञ्चार क्षेत्र शङ्कारहित हुनुपर्ने बताएका छन् । मिडियाकर्मीले एकोहोरो सञ्चार कर्म गर्दा विश्वसनीयता गुमाउने उनले बताए ।
पोखरामा नेपाल पत्रकार महासङ्घ कास्कीको १२ औँ अधिवेशनलाई सम्बोधन गर्दै अधिकारीले आर्थिक एजेन्डा प्राप्तिका लागि सञ्चार क्षेत्र पनि उत्तिकै जिम्मेवार हुनुपर्ने बताए । 'राजनीतिक प्राप्तिका एजेन्डा आएर आर्थिक एजेन्डा प्राप्त गर्न बाँकी छ । हामी राजनीतिक नेतृत्व प्रयासरत छौँ,' उनले भने, 'यसमा विना पूर्वाग्रह, विना पक्षधरताका साथ व्यावसायिक पत्रकारितामा खरो उत्रन जरुरी छ । सञ्चार क्षेत्रको साथ उत्तिकै आवश्यक छ ।'
उनले विश्वसनीयता नगुमाउन आग्रह गरेका छन् । 'एकोहोरिएर लेख्न र बोल्न थाल्नुभयो भने विश्वसनीयता रहँदैन,' अघि थपे, 'सञ्चार क्षेत्र शङ्का रहित हुन जरुरी छ ।' यद्यपि राजनीतिक र पत्रकारिता दुवै पक्ष खारिन बाँकी रहेकाे उनले सुनाए । तर राजनीतिक नेतृत्वलाई पत्रकारिताबाट सचेत गराउन निरन्तर आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनए सचिवालयलाई सर्वोच्चको चेतावनीयुक्त पत्र, ५ दिनभित्र आदेश कार्यान्वयन गर्न अल्टिमेटम
-
पाटन क्याम्पसको स्ववियु निर्वाचनबाट अलग हुने अनेरास्ववियुको घोषणा
-
सिंहदरबारमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बैठक, स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन निर्देशन
-
आरआरको स्ववियु निर्वाचन प्रक्रिया सुरु गर्न माग
-
पोखरा बेलुन विस्फोट घटना : छानबिन समितिले बुझाएको प्रतिवेदनमा के छ ?
-
डढेलो गाउँमा पस्दा एक विद्यालयसहित नौ घर जले