सञ्चार क्षेत्र शङ्कारहित हुनुपर्छ : मुख्यमन्त्री अधिकारी
पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले सञ्चार क्षेत्र शङ्कारहित हुनुपर्ने बताएका छन् । मिडियाकर्मीले एकोहोरो सञ्चार कर्म गर्दा विश्वसनीयता गुमाउने उनले बताए ।
पोखरामा नेपाल पत्रकार महासङ्घ कास्कीको १२ औँ अधिवेशनलाई सम्बोधन गर्दै अधिकारीले आर्थिक एजेन्डा प्राप्तिका लागि सञ्चार क्षेत्र पनि उत्तिकै जिम्मेवार हुनुपर्ने बताए । 'राजनीतिक प्राप्तिका एजेन्डा आएर आर्थिक एजेन्डा प्राप्त गर्न बाँकी छ । हामी राजनीतिक नेतृत्व प्रयासरत छौँ,' उनले भने, 'यसमा विना पूर्वाग्रह, विना पक्षधरताका साथ व्यावसायिक पत्रकारितामा खरो उत्रन जरुरी छ । सञ्चार क्षेत्रको साथ उत्तिकै आवश्यक छ ।'
उनले विश्वसनीयता नगुमाउन आग्रह गरेका छन् । 'एकोहोरिएर लेख्न र बोल्न थाल्नुभयो भने विश्वसनीयता रहँदैन,' अघि थपे, 'सञ्चार क्षेत्र शङ्का रहित हुन जरुरी छ ।' यद्यपि राजनीतिक र पत्रकारिता दुवै पक्ष खारिन बाँकी रहेकाे उनले सुनाए । तर राजनीतिक नेतृत्वलाई पत्रकारिताबाट सचेत गराउन निरन्तर आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण