आम जनता पार्टीले भण्डाफोर अभियान सञ्चालन गर्ने
काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टीले भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । शनिबार बसेको उक्त पार्टीको केन्द्रीय पदाधिकारीको बैठकले सो निर्णय गरेको हो ।
बैठकले भ्रष्टाचार नियन्त्रण गर्न राज्यका संयन्त्रहरू असफल रहेकोले जनस्तरबाट भ्रष्टाचारीहरूलाई जनकारबाही गर्ने निर्णय समेत गरेको छ । बैठकले यीसहित सात निर्णय गरेको छ ।
यस्ता छन् बैठकका निर्णयहरू
१. दलाल दलतन्त्र र लुटकारी व्यवस्था विरुद्ध सातै प्रदेशमा भण्डाफोर कार्यक्रमलाई अभियानको रूपमा अगाडि बढाउने निर्णय गरिएको छ ।
२. विदेशमा गएका कामदारहरूबाट लिइएको अवैध रकम फिर्ता दिलाउन तथा ठगहरूलाई कारवाई गर्न गराउन सशक्त आन्दोलन गर्ने निर्णय गरिएको छ ।
३.विदेशी नागरिकता लिएकाहरूको नेपाली सम्पत्ति कति र कहाँ छ ? यसको खोजबिन र कब्जा गर्न सरकारलाई जनदबाब दिने तथा आवश्यक परे जनस्तरबाट सो अवैध सम्पत्ति कब्जा गरी राज्यलाई बुझाउने निर्णय गरिएको छ ।
४.भ्रष्ट्राचार नियन्त्रण गर्नमा राज्यका संयन्त्रहरू असफल रहेकोले जनस्तरबाट भ्रष्टाचारीलाई जनकारबाही गर्ने निर्णय गरिएको छ ।
५. बैङ्कहरूले लिएको मनोमानी ब्याज फिर्ता गराउन तथा लघुवित्त र सहकारीका ठगहरू विरुद्ध पीडित आम जनताको पक्षमा जारी सङ्घर्षलाई थप सशक्त, प्रभावकारी एवं देशव्यापी बनाउने निर्णय गरिएको छ ।
६. शिक्षा क्षेत्रमा सुधारका लागि प्रत्येक विद्यालयमा विद्यार्थी सङ्ख्याको अनुपातमा शिक्षक दरबन्दीको व्यवस्था गर्न जारी शैक्षिक आन्दोलनलाई निर्णायक रूपमा अगाडि बढाउने निर्णय गरिएको छ ।
७. उपत्यका विशेष कमिटी सहित सातै प्रदेशका इन्चार्जहरूमा निम्नानुसार जिम्मेवारी तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण