सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय

आम जनता पार्टीले भण्डाफोर अभियान सञ्चालन गर्ने

शनिबार, १२ जेठ २०८१, १५ : ०४
शनिबार, १२ जेठ २०८१

काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टीले भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । शनिबार बसेको उक्त पार्टीको केन्द्रीय पदाधिकारीको बैठकले सो निर्णय गरेको हो । 

बैठकले भ्रष्टाचार नियन्त्रण गर्न राज्यका संयन्त्रहरू  असफल रहेकोले जनस्तरबाट भ्रष्टाचारीहरूलाई जनकारबाही गर्ने निर्णय समेत गरेको छ । बैठकले यीसहित सात निर्णय गरेको छ ।

यस्ता छन् बैठकका निर्णयहरू  

१. दलाल दलतन्त्र र लुटकारी व्यवस्था विरुद्ध सातै प्रदेशमा भण्डाफोर कार्यक्रमलाई अभियानको रूपमा अगाडि बढाउने निर्णय गरिएको छ ।

२. विदेशमा गएका कामदारहरूबाट लिइएको अवैध रकम फिर्ता दिलाउन तथा ठगहरूलाई कारवाई गर्न गराउन सशक्त आन्दोलन गर्ने निर्णय गरिएको छ ।

३.विदेशी नागरिकता लिएकाहरूको नेपाली सम्पत्ति कति र कहाँ छ ? यसको खोजबिन र कब्जा गर्न सरकारलाई जनदबाब दिने तथा आवश्यक परे जनस्तरबाट सो अवैध सम्पत्ति कब्जा गरी राज्यलाई बुझाउने निर्णय गरिएको छ ।

४.भ्रष्ट्राचार नियन्त्रण गर्नमा राज्यका संयन्त्रहरू असफल रहेकोले जनस्तरबाट भ्रष्टाचारीलाई जनकारबाही गर्ने निर्णय गरिएको छ । 

५. बैङ्कहरूले लिएको मनोमानी ब्याज फिर्ता गराउन तथा लघुवित्त र सहकारीका ठगहरू विरुद्ध पीडित आम जनताको पक्षमा जारी सङ्घर्षलाई थप सशक्त, प्रभावकारी एवं देशव्यापी बनाउने निर्णय गरिएको छ ।

६. शिक्षा क्षेत्रमा सुधारका लागि प्रत्येक विद्यालयमा विद्यार्थी सङ्ख्याको अनुपातमा शिक्षक दरबन्दीको व्यवस्था गर्न जारी शैक्षिक आन्दोलनलाई निर्णायक रूपमा अगाडि बढाउने निर्णय गरिएको छ ।

७. उपत्यका विशेष कमिटी सहित सातै प्रदेशका इन्चार्जहरूमा निम्नानुसार जिम्मेवारी तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप