संसद्को गरिमा र ओज खस्कँदै गएको छ : पूर्वसभामुख सापकोटा
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संसद्को गरिमा र ओज खस्कँदै गएको बताएका छन् । शनिबार काठमाडौँमा भएको नेपाल गणतान्त्रिक यातायात व्यवसायी सङ्गठन बागमती प्रदेश समिति, काठमाडौँको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले संसद्मा हुने बहस, छलफल, शब्द चयनहरू स्तरहीन, मर्यादाहीन भएको बताए । संसद् कुनै पनि देशको लोकतन्त्रको आत्मा, सुशासनको महत्त्वपूर्ण संवाहक भए पनि संसद्मा राम्रोसँग संसदीय गतिविधिहरू सञ्चालन हुन नसकेको बताए ।
उनले अहिले अराजकताको स्थिति, प्रियतावादको रुझान र अस्तव्यस्तता राष्ट्रिय परिस्थितिका रूपमा देखिएको बताए । सापकोटाले आगामी आर्थिक वर्षको बजेट कुनै पनि रोकतोक बिना संसद्मा प्रस्तुत हुनेमा आफू आशावादी रहेको समेत बताए । उनले अहिलेको राष्ट्रिय परिस्थिति जटिल र पेचिलो बन्दै गएको पनि बताए ।
सापकोटाले भने, ‘अहिलेको राष्ट्रिय परिस्थितिमा अलिकति जटिल, पेचिलो परिस्थिति पैदा भएको छ । भर्खरै मात्र हाम्रो पार्टीका अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्रीज्युले विश्वासको मत लिनुभएको छ । भर्खरै नयाँ बनेको समीकरणमा खासै त्यस्तो ठुलो समस्या छैन । तर पनि सदन सुचारु गर्नका लागि दिनदिनै छलफल चलिरहेको छ । अहिले पनि छलफल जारी छ । नेतृत्व तहमा पनि छलफल चलिरहेको छ । भोलिसम्म सहमतिको वातावरण बन्ने आशा गर्न सकिन्छ ।’
उनले २०८१ सालमा प्रस्तुत गर्ने बजेट सदनमा निर्विघ्नतापूर्वक प्रस्तुत हुने आशा समेत व्यक्त गरे । सापकोटाले अहिले देशमा एकातिर अराजकताको स्थिति, अर्कातिर प्रियतावादको रुझान र अस्तव्यस्तताको स्थिति देखिएको बताए ।
उनले संसद् सुशासनको महत्त्वपूर्ण संवाहक भएको बताउँदै भने, ‘संसद् कुनै पनि देशको लोकतन्त्रको आत्मा हो, सुशासनको राम्रो महत्त्वपूर्ण संवाहक हो । तर त्यहाँ आज राम्रोसँग गतिविधि अघि बढेका छैनन् । संसद्भन्दा उच्च जनप्रतिनिधिको थलो अर्को छैन । त्यहाँ हुने छलफल, बहस, शब्द चयन, वाक्य गठन सुन्दा हामीलाई के लाग्छ भने स्तरहीन, मर्यादाहीन भएको छ । ओज र गरिमायुक्त हुनुपर्ने ठाउँमा दिनदिनै ओज र गरिमा नभई आफ्नो साख गिराउँदैछ ।’
उपाध्यक्ष सापकोटाले देश अहिले छटपटी र उकुसमुकुस वातावरणमा रहेको बताउँदै विचारहीनको स्थिति सिर्जना भएको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण