सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय

मेस्सीलाई मैदानमा नदेखेपछि समर्थकको नाराबाजी

आइतबार, १३ जेठ २०८१, १६ : ३३
आइतबार, १३ जेठ २०८१

काठमाडौँ । मेजर लिग सकरअन्तर्गत आइतबार खेलिएको खेलमा इन्टर मियामी विजयी भएको छ । इन्टर मियामीले भ्यानकुभर ह्वाइटक्याप्सलाई २–१ गोलले पराजित गर्‍यो ।

इन्टर मियामीले खेलको दुबै हाफमा एक–एक गोल गरेको थियो । खेल सुरु भएको ३८औँ मिनेटमा इन्टर मियामीका लागि रोबर्ट टेलरले पहिलो गोल गरेका थिए ।

निर्धारित समयको ५४औँ मिनेटमा लियोनार्दो काम्पानाले इन्टर मियामीको अग्रता दोब्बर बनाए । घरेलु टोली भ्यानकुभरका लागि भने एकमात्र गोल ७२औँ मिनेटमा रायन गउल्डले पेनाल्टीमार्फत गरे ।

उक्त खेलमा इन्टर मियामीका स्टार खेलाडी लियोनल मेस्सी भने मैदानमा उपस्थित थिएनन् । उनलाई इन्टर मियामीका प्रशिक्षक जेरार्ड मार्टिनोले आराम दिएका थिए ।

अर्जेन्टिनी स्टार मेस्सीलाई मैदानमा नदेखेपछि इन्टर मियामीका समर्थकले खेलकै क्रममा नाराबाजी गरेका थिए । ‘हामी मेस्सीको खेल हेर्न चाहन्छौँ । उनी मेस्सी कहाँ छन् ?’ भन्दै इन्टर मियामीका समर्थकहरु चिच्याएका थिए ।

प्रमुख प्रशिक्षक मार्टिनोले मेस्सीसँगै सर्जियो बुस्क्वेट्स र लुइस स्वारेजलाई पनि आराम दिएका थिए । ‘मेस्सीलाई मैदानमा नदेख्दा हाम्रा धेरै समर्थक निराश भएका छन् । मैले यो कुरा बुझेको छु । तर, प्रशिक्षण टोलीको पनि केही बाध्यता हुन्छ । मेस्सीलाई आराम दिने निर्णयले उनलाई फाइदा पु¥याएको छ,’ प्रशिक्षक मार्टिनोले भनेका छन् ।

प्रशिक्षक मार्टिनोले ३६ वर्षीय मेस्सी अर्को खेलमा भने मैदानमा फर्कने बताएका छन् । इन्टर मियामीले अर्को खेल मे ३० तारिखमा घरेलु मैदानमा एटलान्टा युनाइटेडसँग खेल्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप