नेपालमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव, कस्तो रहनेछ मौसम ?

काठमाडौँ । नेपालमा स्थानीय वायुको प्रभाव र देशको पूर्वी भूभागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहने छ।
कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
मंगलबार कोशी प्रदेशमा साधारण देखि पूर्ण बदली, मधेस, बागमती, गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा तथा मधेस प्रदेश लगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र मन्त्रालयको सवारी मर्मतमा पाँच करोड ३२ लाख र इन्धनमा ५ करोड ३३ लाख खर्च
-
डिजिटल चीन निर्माणको कार्ययोजना सार्वजनिक
-
हेरा फेरी-३ बाट बाहिरिए ‘बाबु राव’
-
बलात्कार मुद्दामा फसेका अभिनेता एजाज खानको समस्या बढ्यो, अग्रिम जमानत अस्वीकार
-
‘मैले पढेका अचम्मै सुन्दर किताबमध्ये ‘म्यान्स सर्च फर मिनिङ’ एक नम्बरमा पर्न गयो’
-
वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट