मुनव्वर फारुकीले गरे गुपचुप बिहे
नयाँ दिल्ली । बिग बोस १७ मा सहभागी भएयता कमेडियन मुनव्वर फारुकी फ्यानमाझ निकै लोकप्रिय हुँदै आएका छन् । मुनव्वर सोसल मिडिया सेन्सेसन र चर्चित स्ट्यान्ड अप कमेडियन त थिए नै ।
‘बिग बोस १७’ जितेपछि उनको ख्याति झनै चुलियो । पछिल्लो समय हरेक दिन जसो उनीबारे केही न केही खबर आइरहेका छन् ।
हालै उनी बिरामी परेर अस्पताल भर्ना भएको खबर आएको थियो । तर पछि उनको अवस्था स्थिर रहेको थाहा भयो । यी सबैबिच उनीबारे अर्को खबर आएको छ ।
एक रिपोर्टका अनुसार मुनव्वर फारुकीले दोस्रो विवाह गरेका छन् । उनले १०–१२ दिनअघि विवाह गरेको बताइएको छ ।
नजिकका आफन्त र साथीभाइ उपस्थित समारोहमा उनको विवाह भएको बताइएको छ । मेकअप आर्टिस्ट मेहजबीन कोतवालासँग मुम्बईको आईटीसी मराठामा बिहे भएको दाबी गरिएको छ ।
मुनव्वरले आफ्नो विवाह गोप्य राख्न चाहेकोले कुनै तस्बिर सेयर नगरेको खबरहरू आइरहेको छ । उनको विवाहमा टिभी अभिनेत्री हिना खान पनि गएको बताइएको छ ।
केही समयअघि मुनव्वर र हिनाले एउटा म्युजिक भिडियोमा सँगै काम गरेका थिए । हिनाले केही दिनअघि आफ्नो एउटा सेल्फी सेयर गरेकी थिइन् ।
जसको ब्याक ग्राउन्डमा ‘मेरे यार की शादी है’ गीत बजिरहेको थियो । सो सेल्फी मुनब्बरकै बिहे भएको अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण