अत्यधिक गर्मीका कारण रौतहटमा विद्यार्थी बेहोस, विद्यालय बन्द हुँदै
रौतहट । पछिल्लो केही दिन देखि लागिरहेको चर्को घाम सँगै बढेको गर्मीको कारण रौतहट स्थित विद्यालयमा अध्ययनरत बालबालिकाहरू बेहोस हुन थालेका छन् । पछिल्लो एक सातादेखि बिहान सूर्योदय हुनासाथ चर्को घाम सँगै अत्यधिक गर्मी बढिरहेको कारण जिल्लाको जनजीवन प्रभावित बनेको छ।
गर्मीले सर्वसाधारण मानिस काम विशेष बाहेक घरबाहिर निस्कन छाडेका छन्। सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या न्यून भएको छ। तीन-चार दिन देखि ४० डिग्रीको हाराहारीमा तापमान रहँदा मानिसको जनजीवन प्रभावित बनेको हो।
आइतबार बौधीमाई नगरपालिका ८ सरमुजवाका ५५ वर्षीय जयमंगल यादव अत्यधिक गर्मी सहन नसकेर देवाही गोनाही मौलापुर सडकखण्ड अन्तर्गत लाल बकैया पुलमा ढलेर मृत्यु भएको थियो।
यसैबिच शिक्षा विकास तथा समन्वय इकाई रौतहटका प्रमुख रामविनय कुमार सिंहले जिल्लाको १८ वटै पालिकामा रहेका सामुदायिक विद्यालयहरूलाई बर्खे बिदाबाट कट्टा हुने गरी बिदा दिन आग्रह गरेका छन् । गर्मीका कारण विद्यालयमा अध्ययन गर्न आउने बालबालिकाहरू मुर्छा पर्ने तथा अन्य लक्षणहरूले ग्रसित भइरहेको हुँदा तत्काल विद्यालयमा बिदा दिन प्रमुख सिंहले सूचना जारी गरेका छन्।
जिल्लाको १८ स्थानीय तह मध्ये समाचार तयार पार्दासम्म इशनाथ र गरुडा नगरपालिकाले जेठ १६ गते देखि १८ गते सम्म तिन दिनको लागि बिदाको लागि सूचना जारी गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिषेक गिरीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट खारेज
-
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले किन मगायो अर्बौं घोटालाका ४ फाइल ?
-
बागमती प्रदेश सभा : सत्तापक्षका सांसद भन्छन्– ‘बजेट निर्माणमा मन्त्रीहरूको स्वेच्छाचारिता भयो’
-
‘वित्तीय ग्राहक सन्तुष्टि सर्भेक्षण’ गर्दै राष्ट्र बैंक
-
आलुको परिकारमा साङ्ला भेटिएपछि...
-
घरेलु समर्थकको साथमा अमेरिका, बोस्नियाविरुद्ध अन्तिम १६ को लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण