टी-२० विश्वकप
नेपालसामु जितका लागि १ सय ८४ रनको लक्ष्य
सोमबार, १४ जेठ २०८१, २२ : ५३
डालास । टी–२० विश्वकपको तयारीमा रहेको नेपालले क्यानडाविरुद्धको पहिलो औपचारिक अभ्यास खेलमा जितका लागि १ सय ८४ रनको लक्ष्य पाएको छ ।
डालासको ग्रान्ड प्रेरी रंगशालमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८३ रन बनाएको हो ।
क्यानडाका लागि निकोलस किर्तनले अर्धशतकीय इनिङ्स खेले । उनले ३९ बलमा ५२ रन बनाए । यस क्रममा उनले ४ चौका र २ छक्का प्रहार गरे ।
रवीन्द्रपाल सिंहले खेलको अन्त्यतिर विस्फोट ब्याटिङ गर्दै ४१ रन बनाए । उनले मात्र १७ बलमा १ चौका र ४ छक्का हिर्काए ।
ओपनर नवनित धालिवालले २७ बलमा ३२ रनको योगदान दिए । उनले ४ चौका हिर्काए । डिलन हेलिगर र परगत सिंहले १३–१३ रन जोडे ।
नेपालका लागि अविनाश बोहराले २ विकेट लिए । त्यस्तै, करन केसी, सोमपाल कामी, गुल्सन झा र सागर ढकालले १–१ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण