भट्टेडाँडामा सुख्खा पहिरो जाँदा ट्याक्टर र मोटरसाइकल पुरियो, दुई जना घाइते
मङ्गलबार, १५ जेठ २०८१, १२ : २५
काठमाडौँ । ललितपुरको भट्टेडाँडा स्थित खरिबासमा सुख्खा पहिरो खसेर ट्याक्टर र मोटरसाइकल पुरिएको छ । पहिरोमा परेर मोटरसाइकल चालक र पछाडि सवारी दुई जना घाइते भएका छन् । घाइतेहरूको पहिचान खुलेको छैन ।
कान्ति राजपथ स्थित पहिरो गएको ठाउँमा बाटो अवरुद्ध भएको छ । स्काभेटरको मद्दतबाट पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी (एसपी) नरेश सुवेदीले रातोपाटीलाई बताए ।
पहिरो जाँदा मकवानपुरबाट चापागाउँतर्फ आउँदै गरेको स।१ च ७३१८ नम्बरको ट्याक्टर र चापागाउँबाट मकवानपुरतर्फ जाँदै गरेको प्रदेश–२–०३–००४ प ५६६१ नम्बरको मोटरसाइकल पुरिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण