पड्कियो उत्तर कोरियाको सैन्य जासुस भूउपग्रह बोकेको रकेट
प्योङयाङ् । उत्तर कोरियाको सैन्य जासुस भूउपग्रह बोकेको रकेट प्रक्षेपण हुने बित्तिकै पड्किएको छ । सोमबार रकेट प्रक्षेपण भएलगत्तै पड्किएको भन्दै सरकारी सञ्चार माध्यमले समाचार लेखेका छन् ।
यसलाई अमेरिका र दक्षिण कोरियाको निगरानी गर्न धेरै वटा भूउपग्रह सञ्चालन गर्ने त्यहाँका नेता किम जोङ उनको सपना तत्कालका लागि तुहिएको छ । यो उत्तर कोरियाको दोस्रो सैन्य जासुस भूउपग्रह थियो ।
दक्षिण कोरिया, चीन र जापानका नेताहरू सोलमा चार वर्षभन्दा बढी समययताको पहिलो त्रिपक्षीय वार्ताका लागि सोलमा भेटेको केही घण्टामै उत्तर कोरियाले सो भूउपग्रह प्रक्षेपण गरेको थियो ।
प्रमुख मित्रदेश र आर्थिक साझेदार चीन संलग्न रहेको कार्यक्रमलगत्तै उत्तर कोरियाले विरलै यस्तो कदम चाल्ने गरेको छ । संयुक्त राष्ट्र संघले उत्तर कोरियाले भूउपग्रह प्रक्षेपणमा रोक लगाएको छ । तर प्रतिबन्ध उल्लंघन गर्दै उत्तर कोरियाले प्रक्षेपण गरेपछि छिमेकी देशहरू रिसाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बायर्न म्युनिखमै बस्लान् ह्यारी केन?
-
पेपर लिक संशोधन विधेयकलाई क्याबिनेटको स्वीकृति, २७ जुलाईमा संसदमा पेस गरिने
-
किसानलाई मल दिन नसक्ने कृषि मन्त्रीले राजीनामा दिनुपर्छ : प्रभु साह
-
गणेश नेपालीको परिवारलाई गगन थापाले गरे एक लाख सहयोग
-
आन्तरिक विवादले रुपन्देहीको कोटहीमाई गाउँपालिकामा अझै आएन बजेट
-
काठमाडौँमा एक वर्षमा २५ सय २८ विरोध प्रदर्शनका घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण