गणतन्त्र दिवसमा कास्कीका एसपी मोहन कुमार थापा पुरस्कृत
काठमाडौँ । गणतन्त्र दिवसको अवसरमा गण्डकी प्रदेश सरकारले जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहन कुमार थापालाई पुरस्कृत गरेको छ । मङ्गलबार पोखरास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई नगद तथा प्रमाणपत्र प्रदान गरेका हुन् ।
शान्ति सुरक्षा तथा विपद् उद्धार प्रोत्साहन पुरस्कार बापत गण्डकी प्रदेश सरकारले एसपी थापालाई २५ हजार नगद र प्रमाणपत्र प्रदान गरेको हो । शान्ति सुरक्षा र विपद् उद्धारको क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकाले उनलाई शान्ति सुरक्षा तथा विपद् उद्धार प्रोत्साहन पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो । सो पुरस्कार गणतन्त्र दिवस–२०८१ को अवसरमा प्रदान गरिएको गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण