बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य सम्भव छ : चन्द्र ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटबाट सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सम्भव भएको बताएका छन् । आगामी आर्थिक वर्षको बजेटमाथि प्रतिक्रिया दिँदै अध्यक्ष ढकालले बजेटले लिएका अन्य लक्ष्य कार्यान्वयन गर्न सकेमा आर्थिक वृद्धिको लक्ष्य भेट्न सकिने बताएका हुन् ।
यस्तै, महासङ्घले प्रवर्द्धन गरेको सानो बचतबाट लगानी कम्पनी खोल्ने र विभिन्न क्षेत्रमा लगानी गर्ने कम्पनीलाई प्रवर्द्धन गर्ने भनिएको छ । कृषिमा करार खेती र पहाडमा फलफूल खेतीको विषय आउनु स्वागतयोग्य भएको ढकालको भनाई छ ।
यता पर्यटनमा वैवाहिक पर्यटन ‘वेडिङ डेस्टिनेशन’ विकास गर्ने विषय आएका छन् । यसबाट देशको आर्थिक विकास सुधार गर्न सकिने र सूचना प्रविधि उद्योगलाई केन्द्रित गर्दै आएको सहुलियत र विस्तारका योजना समेत स्वागतयोग्य भएको ढकालले बताएका छन् ।
निजी क्षेत्रको प्रबद्र्धनका लागि महासङ्घले राखेको माग सम्बोधन भएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण