व्यक्तिको आयकर यथावत्, दम्पतीले ६ लाखसम्मको कमाइमा १ प्रतिशत मात्र कर तिरे पुग्ने
मङ्गलबार, १५ जेठ २०८१, २१ : ४८

काठमाडौँ । सरकारले यस वर्ष व्यक्तिगत आयकर यथावत् राखेको छ । सामाजिक सुरक्षा कोष सम्बन्धी व्यवस्थाको आयकर ऐन, २०५८ अनुसार एकल प्राकृतिक व्यक्तिको वार्षिक ५ लाख रुपैयाँसम्म रोजगारीको करयोग्य आय भएमा १ प्रतिशतका दरले र दम्पतीको हकमा वार्षिक ६ लाख रुपैयाँसम्म रोजगारीको करयोग्य आय भएमा १ प्रतिशतका दरले कर लाग्ने यसअघिकै व्यवस्थालाई निरन्तरता दिएको हो ।
यस्तो आय कर ऐनको दफा २ को उपदफा १ बमोजिम कर रकम भुक्तानीका बखत स्रोतमा कट्टी गरी असुल गरिने आर्थिक विधेयक २०८१ मा उल्लेख गरिएको छ । सोही दफाको उपदफा २ बमोजिम असुल गरिएको रकम छुट्टै राजस्व खातामा जम्मा गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती दूतावासले मनायो राजा चार्ल्सको जन्मदिन
-
एक खर्ब ५२ अर्बका ४६ योजनामा लगानी प्रतिबद्धता (सूचीसहित)
-
मकवानपुर महिला गोल्डकप : बारा र संकटा भिड्ने
-
प्रेस स्वतन्त्रतामा आँच आउन नदिन संसद् सधैँ सजग र चनाखो छ : सभामुख
-
लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि
-
गर्मीमा पुदिना खानुका फाइदा