व्यक्तिको आयकर यथावत्, दम्पतीले ६ लाखसम्मको कमाइमा १ प्रतिशत मात्र कर तिरे पुग्ने
मङ्गलबार, १५ जेठ २०८१, २१ : ४८
काठमाडौँ । सरकारले यस वर्ष व्यक्तिगत आयकर यथावत् राखेको छ । सामाजिक सुरक्षा कोष सम्बन्धी व्यवस्थाको आयकर ऐन, २०५८ अनुसार एकल प्राकृतिक व्यक्तिको वार्षिक ५ लाख रुपैयाँसम्म रोजगारीको करयोग्य आय भएमा १ प्रतिशतका दरले र दम्पतीको हकमा वार्षिक ६ लाख रुपैयाँसम्म रोजगारीको करयोग्य आय भएमा १ प्रतिशतका दरले कर लाग्ने यसअघिकै व्यवस्थालाई निरन्तरता दिएको हो ।
यस्तो आय कर ऐनको दफा २ को उपदफा १ बमोजिम कर रकम भुक्तानीका बखत स्रोतमा कट्टी गरी असुल गरिने आर्थिक विधेयक २०८१ मा उल्लेख गरिएको छ । सोही दफाको उपदफा २ बमोजिम असुल गरिएको रकम छुट्टै राजस्व खातामा जम्मा गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण