यौन उत्पीडनको आरोपमा भारतीय टेनिस खेलाडी पक्राउ
काठमाडौँ । भारतका अन्तर्राष्ट्रिय टेनिस खेलाडी माधविन कामत पक्राउ परेका छन् । उनलाई यौन उत्पीडनको आरोपमा भारतको साइबर क्राइम प्रहरीले पक्राउ गरेको समाचारमा जनाइएको छ ।
माधविनलाई अहमदाबादबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । २१ वर्षीया युवतीले आफूमाथि यौन उत्पीडन गरेको आरोप लगाएपछि उनी पक्राउ परेका हुन् ।
समाचारमा जनाइए अनुसार, माधविनले यौनकर्मी भएको उल्लेख गर्दै ती युवतीको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । माधविनले आफ्नो पोष्टमा ती युवतीको टेलिफोन नम्बर पनि राखेका थिए ।
ती युवतीको तस्बिर सामाजिक सञ्जालमा पोष्ट भएपछि धेरैले उनलाई टेलिफोन गरेका थिए । सहरको विभिन्न स्थानमा आफ्नो तस्बिरसहित पोष्टरसमेत टाँसिएको आरोप पनि ती युवतीले लगाएकी छन् ।
ती युवती उजुरी लिएर प्रहरी समक्ष पुगेपछि यसको अनुशन्धान सुरु भएको थियो । अनुशन्धानका क्रममा प्रहरीले यो घटनामा टेनिस खेलाडी माधविनको संलग्नता रहेको पत्ता लगाएको थियो ।
त्यतिबेला माधविन अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न फ्रान्स पुगेका थिए । फ्रान्सबाट फर्किएलगत्तै उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेपछि माधविनले आफूलाई धरौटीमा रिहा गर्न अदालत समक्ष निवेदन दिएका थिए ।
तर, अदालतले उनको निवेदन अस्वीवकार गरेको छ । माधविन र ती युवतीबिच पहिलेदेखि नै चिनजान रहेको पनि प्रहरी अनुशन्धानबाट खुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण