शरणार्थी शिविरमा गरिएको इजरायली हमलामा अमेरिकी हतियार प्रयोग
वासिङटन । आइतबार प्लेस्टाइनको रफाहस्थित शरणार्थी शिविरमा इजरायलले गरेको घातक हवाई हमलामा अमेरिका बनेको हतियार प्रयोग भएको पाइएको छ । अमेरिकी सञ्चारमाध्यम सीएननले गरेको भिडियो विश्लेषण र हतियार विज्ञहरूले गरेको मूल्याङ्कनबाट सो कुरा पुष्टि भएको थियो ।
इजरायली सेनाले गरेको हवाई हमलापछि शरणार्थी शिविरमा ठुलो आगलागी भएको थियो । गाजाको सुदूरपूर्वमा रहेको सहरमा भएको यस घटनामा ४५ जनाको मृत्यु भएको थियो भने २ सय जनाभन्दा बढी घाइते भएका थिए । मारिनेमा अधिकांश महिला र बालबालिका रहेको गाजाको स्वास्थ्य मन्त्रालय र प्लोस्टिनी स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन् ।
रफाहमा इजरायलले कारबाही सुरु गर्नअघि त्यहाँ १३ लाख प्यालेस्टिनीहरु शरण लिएर बसिरहेका थिए । इजरायली सैन्य कारबाहीको विश्वव्यापी रुपमा आलोचना भइरहेको छ । संयुक्त राष्ट्रसंघले इजरायललाई तुरुन्त आफ्नो कारबाही रोक्न भनेको छ ।
यता अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले राफाहमा हालै भएका मृत्युका घटनाहरूले आफ्नो इजरायल नीति नफेरिने बताएको छ । सो घटनालाई इजरायलले पनि दुःखद घटना बताएको अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले ह्वाइट हाउसमा पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा भनेका थिए ।
सो घटनाले इजरायललाई दिँदै आएको सैन्य सहायता थप घटाउन अमेरिकालाई प्रेरित नगर्ने बताइएको छ । बाइडेनले केही अघि इजरायलको आक्रमणका कारण राफाहमा थप मानवीय क्षति वा मानवीय खतरा उत्पन्न भयो भने इजरायलले हतियार सहयता फिर्ता ल्याउने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला
-
नागढुंगा सुरुङमा सुरक्षाको जोखिमबारे सांसद थापाले उठाए प्रश्न
-
कवीन्द्र बुर्लाकोटी भन्छन्– विषयगत मन्त्रालयको जवाफ प्रधानमन्त्रीले दिनुहुन्न
-
इरान–इजरायल तनावबिच तेहरानको मेहराबाद विमानस्थलका सबै उडान रद्द
-
ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो, वीर अस्पतालमा असार १६ सम्म शल्यक्रिया शुल्क नलाग्ने
-
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण