गौतम गम्भीरलाई भारतीय टोलीको प्रमुख प्रशिक्षक बनाउने तयारी
काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) यतिबेला राष्ट्रिय टोलीका लागि नयाँ प्रमुख प्रशिक्षकको खोजीमा छ । बीसीसीआईले प्रमुख प्रशिक्षक पदका लागि आवेदन पनि माग गरिसकेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार, बीसीसीआईले भारतीय टोलीका पूर्वखेलाडी गौतम गम्भीरलाई नयाँ प्रशिक्षक बनाउने तयारी गरिरहेको छ । गौतम गम्भीर आफ्नो समयका प्रभावशाली खेलाडी हुन् ।
उनी भारतलाई विश्वकप जिताउने टोलीका सदस्य पनि हुन् । हालै सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) मा उनी कोलकाता नाइट राइडर्सका मेन्टर पनि थिए । आईपीएलको यो सिजनको उपाधि पनि कोलकाताले नै जितेको थियो ।
राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षक बनाउने विषयलाई लिएर बीसीसीआईका पदाधिकारीहरूले गम्भीरसँग विभिन्न चरणमा छलफल समेत गरिसकेको समाचारमा जनाइएको छ । यद्यपि, बीसीसीआईले आधिकारिक रूपमा यस विषयमा केही बताएको छैन ।
कोलकाता नाइट राइडर्समा आबद्ध हुनुअघि गम्भीर लखनउ सुपर जाइन्ट्सका मेन्टर थिए । त्यतिबेला लखनउले पनि आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेको थियो । गम्भीरले भारतका लागि एक सय ४७ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै कुल पाँच हजार दुई सय ३८ रन बनाएका छन् ।
गौतम गम्भीरले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ११ शतक र ३४ वटा अर्धशतक पनि प्रहार गरेका छन् । यसका अतिरिक्त उनले ५८ टेस्टमा कुल चार हजार एक सय ५४ रन बनाएका छन् । टेस्ट क्रिकेटमा पनि उनले नौ शतक र २२ वटा अर्धशतक बनाएका छन् ।
टेस्ट क्रिकेटमा उनले दोहोरो शतक पनि प्रहार गरेका छन् । उनले देशका लागि ३७ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै कुल नौ सय ३२ रन बनाएका छन् । यस क्रममा उनले सातवटा अर्धशतक पनि प्रहार गरेका छन् ।
अहिले राहुल द्रबिड भारतीय टोलीका प्रमुख प्रशिक्षक हुन् । उनकै प्रशिक्षकत्वमा भारतले टी–२० विश्वकपको नवौँ संस्करण खेल्दैछ । टी–२० विश्वकपको नवौँ संस्करण सकिएलगत्तै उनको कार्यकाल पनि समाप्त हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
-
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण