भारतीय टोलीको प्रमुख प्रशिक्षक बन्न झुटो आवेदनको ओइरो

काठमाडौँ । यतिबेला भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) राष्ट्रिय टोलीका लागि नयाँ प्रमुख प्रशिक्षकको खोजीमा छ । हाल प्रमुख प्रमुख प्रशिक्षक रहेका राहुल द्रबिडको कार्यकाल आईसीसी टी–२० विश्वकप लगत्तै समाप्त हुँदै छ ।
बीसीसीआईले नयाँ प्रमुख प्रशिक्षक पदका लागि आवेदन आव्हान पनि गरिसकेको छ । बीसीसीआई स्रोतका अनुसार, प्रमुख प्रशिक्षक पदका लागि तीन हजारभन्दा बढीको आवेदन परिसकेको छ ।
आवेदनका लागि मे २७ तारिखसम्मको समय निर्धारण गरिएको थियो । बीसीसीआईले अनलाइनबाट पनि आवेदन दिन सकिने ब्यवस्था मिलाएको थियो । यसरी परेका आवेदनमध्ये अधिकांश गलत नाममा परेको बीसीसीआई स्रोतले जनाएको छ ।
भारतीय टोलीको प्रमुख प्रशिक्षक बन्नका लागि प्रधानमन्त्री नरेन्द्र मोदीको नाममा समेत आवेदन परेको समाचारमा जनाइएको छ । यसका अतिरिक्त चर्चित क्रिकेटर सचिन तेन्दुल्कर र गृहमन्त्री अमित शाहको नाममा पनि आवेदन परेको छ ।
भारतीय टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीको नाममा पनि आवेदन परेको बताइएको छ । तर, नियमअनुसार धोनीले प्रमुख प्रशिक्षक पदका लागि आवेदन गर्न नै मिल्दैन । विधान अनुसार, हाल खेलाडीको भूमिकामा सक्रिय व्यक्तिले भारतीय टोलीको प्रमुख प्रशिक्षक बन्न पाउँदैन ।
धोनी अहिले पनि खेलाडीको भूमिकामा सक्रिय छन् । उनले हालसम्मै सम्पन्न इन्डियन प्रिमियर लिगको १७औँ संस्करण पनि खेलेका थिए । उनले सक्रिय खेलजीवनबाट सन्न्यास लिएको घोषणा गरेका छैनन् । त्यसैले धोनीको नाममा परेको आवेदन पनि झुटो भएको बताइएको छ ।
हालसम्म भारतीय टोलीको प्रमुख प्रशिक्षक पदका लागि पूर्वखेलाडी गौतम गम्भीरको नाम सबैभन्दा अगाडि रहेको बताइएको छ । बीसीसीआईका पदाधिकारीले गम्भीरसँग केही चरणमा छलफल पनि गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युइएफए नेसन्स लिगः स्पेन र पोर्चुगल भिड्दै, यस्तो छ हेड टु हेड अवस्था
-
पदयात्रा पर्यटनसँग जोडिँदै सिङ्दी घरवास
-
घरेलु श्रमिक अधिकारबाट वञ्चित
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन
-
१२ बजे १२ समाचार: न्यायाधीश नियुक्तिमा अन्योल, उपप्रमुख र उपाध्यक्षले जारी गरे २० बुँदे घोषणापत्र
-
नेपालगञ्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ सुरु