इसेवाको ब्रान्ड इन्डोर्सरको रूपमा राष्ट्रिय ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल आबद्ध
काठमाडौँ । खेल क्षेत्र तथा खेलाडीहरूलाई प्रोत्साहन गर्दै नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले राष्ट्रिय ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई आफ्नो ब्रान्ड इन्डोर्सरको रूपमा आबद्ध गरेको छ।
प्रिन्स दाहाल, ओलम्पिकमा ब्याडमिन्टन खेल खेल्ने पहिलो नेपाली रहेका छन्। सन् २०१९ मा जुनियर विश्व ब्याडमिन्टन वरीयताको शीर्ष स्थानमा पुग्न सफल भएका प्रिन्सले राष्ट्रिय स्तरमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा पनि आफूलाई अब्बल खेलाडीका रूपमा स्थापित गरिसकेका छन्।
इसेवाले यसअघि राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई आफ्नो ब्रान्ड इन्डोर्सरको रूपमा आबद्ध गरेको थियो ।
इसेवाको प्रमुख कार्यकारी निर्देशक जगदीश खड्काले, राष्ट्रिय गौरव प्रिन्स दाहालसँग सहकार्य गर्न पाएकोमा हर्ष व्यक्त गर्दै आउने पेरिस ओलम्पिक २०२४ का लागि दाहाललाई शुभकामना दिए ।
यसका साथै आगामी दिनहरूमा पनि विभिन्न विधाका खेलाडीहरूलाई निरन्तर प्रोत्साहन तथा आवश्यक सहयोग गर्ने लक्ष्यमा इसेवा दृढ रहेको प्रमुख कार्यकारी निर्देशक जगदीश खड्काले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण