आर्थिक अनियमिततामा स्पेनिस फुटबल जेरार्ड पिकेमाथि छानबिन
काठमाडौँ । आर्थिक अनियमितता गरेको आरोपमा स्पेनका चर्चित फुटबलर जेरार्ड पिकेमाथि छानबिन अगाडि बढाइने भएको छ । स्पेनको अदालतले पिकेमाथि छानबिन गर्न निर्देशन दिएको हो ।
पिके आफ्नो समयका प्रभावशाली डिफेन्डर हुन् । उनले स्पेनिस पावर हाउस बार्सिलोना र इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट पनि व्यवसायिक फुटबल खेलेका थिए ।
उनीमाथि स्पेनिस सुपर कप साउदी फुटबल प्रतियोगिता अरेबियामा सारिएको सम्झौतामा संलग्न रहेर आर्थिक अनियमितता गरेको आरोप लगाइएको छ ।
पिकेको कम्पनी कसमसले स्पेनिस फुटबल महासंघसँग स्पेनिस सुपर कपको विषयमा सम्झौता गरेको थियो । ३७ वर्षीय पीके स्पेनिस राष्ट्रिय टोलीका पूर्व खेलाडी पनि हुन् ।
पिकेले भने आफूमाथि लागेको आरोप निराधार रहेको दाबी गर्दै आएका छन् । पिके र स्पेनिस फुटबल महासङ्घका तत्कालीन अध्यक्ष लुइस लुबियालेसबिचको अडियो वार्ता बाहिरिएपछि यो प्रसङ्ग बाहिर आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण