पेरिस ओलम्पिकको तयारीका लागि प्रिन्स श्रीलंका जाने

काठमाडौँ । पेरिस ओलम्पिकको तयारीका लागि ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल आइतबार श्रीलंकाको कोलोम्बो प्रस्थान गर्ने भएका छन् ।
प्रिन्स कोलोम्बोमा राइजिङ स्टार्स ब्याडमिन्टन एकेडेमीमा २० दिन प्रशिक्षणमा रहने छन् । उनको प्रशिक्षण जुन २ तारिखदेखि सुरु हुनेछ । उनलाई इन्डोनेसियाको राष्ट्रिय टिम समेत सम्हालिसकेका इन्डोनेसियाकै टोनी वाहयुदीले प्रशिक्षण दिने छन् ।
प्रिन्सि पेरिस ओलम्पिकका लागि वाइल्ड कार्ड मार्फत छनोट भइसकेका छन् । प्रिन्ससंगै ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदिप योञ्जन पनि श्रीलंका जाने छन् ।
उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।
सो अवसरमा सदस्य–सचिव घिसिङले नेपाल ब्याडमिन्टन संघलाई प्रिन्सको ओलम्पिक यात्रासम्मको तयारीका लागि ‘टे«निङ प्लान’ पेश गर्न निर्देशन दिदै नेपाली प्रशिक्षकको पनि स्तरबृद्धि होस् भन्ने उद्देश्यले प्रिन्ससंगै प्रशिक्षकलाई पनि श्रीलंका पठाएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, नयाँ मूल्य कति ?
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह