७१ प्रतिशतभन्दा बढी सर्वसाधारणले व्यक्तिसँग ऋण लिन्छन् : राष्ट्र बैंक
काठमाडौँ । २१ औँ शताब्दीको आधुनिक युगमा पनि अझै अनौपचारिक आर्थिक गतिविधिले निरन्तरता पाइरहेको छ । नेपाल राष्ट्र बैंककाअनुसार कूल जनसङ्ख्याको ६०.९ प्रतिशत जनसङ्ख्या अझै बैंकिङ पहुँचबाट टाढा अर्थात् अनौपचारिक क्षेत्रमा रमाइरहेको पाइएको हो ।
नेपाल राष्ट्र बैंक फाइनान्स एसिस् इन नेपाल, २०७८ अध्ययन प्रतिवेदनअनुसार २०७७ असार मसान्तसम्म कम्तीमा एक व्यक्ति एक खाताको आधारमा ६७.३ प्रतिशत जनसङ्ख्याको बैंक तथा वित्तीय संस्थामा (क, ख र ग वर्गमा) खाता रहेको देखाएको थियो ।
केन्द्रीय बैंकको २०७६ को संक्षिप्त अध्ययन प्रतिवेदनमा भने नेपालको कुल जनसङ्ख्याको ६०.९ प्रतिशत जनसंख्या औपचारिक वित्तीय सेवामा समावेश भएको देखाएको छ । पछि नेपाल राष्ट्र बैंकले वि.स.२०७९ मा प्रकाशन गरेको बेसलाइन सर्वे अन फाइनान्सियल लेट्रेसी इन नेपालमा समावेश गरिएको वित्तीय स्थितिमा भने नेपालको कूल जनसङ्ख्याको करिब ८६.६४ प्रतिशतले नियमित बैंकमा बचत तथा लगानीको कारोबार गर्ने गरेको देखाएको छ ।
यस्तै, ७३.७८ प्रतिशतले भुक्तानी उपकरण, ४६.३४ प्रतिशतले ऋण उपकरण र ३०.०२ प्रतिशतले मात्र बीमा सेवा प्रयोग गरेको पाइएको केन्द्रीय बैंकले जनाएको छ । तथापि, सर्वेक्षणमा ४६.३४ प्रतिशत वयस्क जनसङ्ख्याले कर्जा प्रयोग गरेको पाइएकोमा कूल जनसङ्ख्याको जम्मा १७.६० प्रतिशतले मात्र बैंक कर्जा उपयोग गरेको देखिएको राष्ट्र बैंकले जनाएको छ ।
बाँकी ७१.८३ प्रतिशत जनसङ्ख्या भने अझै बैंक तथा वित्तीय संस्थाको कर्जा भन्दा बाहिर अनौपचारिक क्षत्रमा नै निर्भर रहेको देखिएको हो । यसको मतलब अझै पनि ७१ प्रतिशतभन्दा बढी सर्वसाधारणले व्यक्तिसँग नै ऋण लिएर आफ्नो गर्जो टारिरहेका छन् ।
वित्तीय समावेशीकरण नीति, २०८१ अनुसार २०८० असार मसान्तसम्म ७५३ वटै स्थानीय तहमा वाणिज्य बैङ्कहरूको शाखा पुगेसँगै बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल ११ हजार ५ सय ८९ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण