उखुको जुसबारे चेतावनी जारी
नयाँ दिल्ली । गर्मी सहनै नसक्ने भएपछि मानिसहरू राहतका लागि जुस र चिसो पेयतिर लाग्छन् । जुसमा पनि धेरैको रोजाई सस्तो हुने भएकोले उखु नै रोज्छन् ।
यसैबिच भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर)ले उखुको जुसबारे नयाँ चेतावनी जारी गरेको छ । उखुको जुसमा उच्च मात्रामा चिनी पाइने भन्दै स्वास्थ्यको दृष्टिले कम उखुको जुस खान भनिएको छ ।
स्वस्थबद्र्धक खानपिन व्यवहारलाई बढवा दिन हालै आईसीएमआरले राष्ट्रिय पोषण संस्थान (निन)सँग मिलेर १७ ओटा नयाँ निर्देशिका जारी गरेको थियो । उखुको जुसमा गुलियोको मात्रा अत्यधिक मात्रामा हुने निर्देशिकामा भनिएको छ । हरेक सय मिलिग्राम उखुको जुसमा १३ देखि १५ ग्राम चिनी हुने बताइएका छ । गर्मीको समयमा उखुको जुस निकै खाइने भएपनि यसमा भएको चिनीको उच्च मात्राका कारण यो अस्वस्थकर रहेको र खपत कम गर्नु पर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।
वयस्कहरूले एक दिनमा ३० ग्राम भन्दा धेरै चिनी खान नहुने स्वास्थ्य विज्ञहरू बताउँछन् । ७ देखि १० वर्षसम्मका बालबालिकाहरूलाई दिनमा २४ ग्रामभन्दा बढी चिनी नखान भनिएको छ । आईसीएमआरले फलफूल खाँदा पनि बुस भन्दा पनि पूरै फल खान भनेको छ । पूरै फलमा फाइबर हुने भएकोले पनि जुस बनाएर खानु भन्दा सिंगै फल खान भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण