एमाले मकवानपुरको अध्यक्षमा ५ जनाको उम्मेदवारी दर्ता
मकवानपुर । नेकपा एमाले मकवानपुरका अध्यक्ष पदका लागि ५ जनाको उम्मेदवारी परेको छ । एमाले मकवानपुरको १२ औँ अधिवेशन अन्तर्गत हेटौँडा–४ स्थित रोयल पार्टी प्यालेसमा जारी निर्वाचन प्रक्रियाअन्तर्गत उम्मेदवारी दर्ताको प्रक्रिया ५ जनाले मनोनयन दर्ता गरेका हुन् ।
अध्यक्षमा रघुनाथ खुलाल, श्रीधर पोखरेल, इन्द्रमान स्याङ्तान, लालबहादुर थापा र देवराज रिमालको उम्मेदवारी परेको छ । शनिबार साँझ ६ बजेसम्म निर्धारण गरिएको समयमा उपाध्यक्षमा ४ जना, सचिवमा ५ जना, उपसचिव खुलातर्फ ५ जना र उपसचिव महिलातर्फ ४ जनाको उम्मेदवारी दर्ता भएको हो । उपाध्यक्षमा हिदम लामा, सुनिल मोक्तान, ध्रुव चौलागाई र भरत दुलालको उम्मेदवारी परेको छ ।
सचिवमा मदन कुमार दाहाल, सीता विष्ट, सुमित्रा काफ्ले, नरहरि महत र राजन थापाको उम्मेदवारी परेको छ । उपसचिव खुलातर्फ इन्द्रप्रसाद नेपाल, कृष्णप्रसाद चौलागाई, दीपक खड्का, फुर्वा दोर्जे लामा र खेमराज मगरको उम्मेदवारी परेको छ । उपसचिव महिलातर्फ कल्पना बलामी, जुना दाहाल, आरती पाठक र पार्वती रानाको उम्मेदवारी परेको छ ।
निर्वाचन प्रक्रिया अन्तर्गत उम्मेदवारको अन्तिम नामावली आइतबार बिहान ७ बजे प्रकाशन हुनेछ भने आइतबार मध्यान्ह १२ बजेबाट मतदानको कार्यक्रम सुरु गर्ने निर्वाचन समितिले जनाएको छ ।
५ जना पदाधिकारीसहित १०५ सदस्यीय जिल्ला कमिटी चयनका लागि निर्वाचन हुन लागेको हो । जिल्ला कमिटीमा १०० जना सदस्य निर्वाचित हुनेछन् । हिजो शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशनमा ७७७ प्रतिनिधि सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण