वर्षासँगै आएको पहिरोले एक घरसहित स्वास्थ्य केन्द्र र निर्माणाधीन अस्पताल पुरिए
सङ्खुवासभा । यहाँको भोटखोला गाउँपालिकामा वर्षासँगै आएको पहिरोले एक घरसहित स्वास्थ्य केन्द्र र निर्माणाधीन अस्पताल पुरिएका छन् ।
शुक्रबारदेखिको लगातारको वर्षापछि आएको पहिरोले भोटखोला –४ स्थित सेम्बुङ गाउँमा रिदर ज्याबु भोटेको घर पुरिएको भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले जानकारी दिए । घर पुरिएपछि रिदर ज्याबुको परिवार छिमेकीको घरमा बसेका छन् ।
पहिरोले भोटखोला –४ स्थित छोङराङमा माथिल्लो अरुण आयोजनाको पहुँच मार्गको शिविर र दुई वटा गाडी पनि पुरिएका उनले जानकारी दिए । सोही वडाको स्याक्सिलागोलास्थित आधारभूत स्वास्थ्य चौकीको स्वास्थ्य भवनसहित स्वास्थ्य उपकरण पहिरोले पुरिँदा लाखौँको क्षति भएको छ ।
त्यस्तैगरी सोही स्थानमा निर्माणाधीन पाँच शय्याको अस्पताल पुरिएको अध्यक्ष भोटेले बताए । उनका अनुसार कुनै मानवीय क्षति भने भएको छैन ।
छोङराङस्थित ग्रामीण विद्युत् कम्पनीको सामग्री बगाएको छ । बाढीपहिरोबाट भएको क्षतिबारे यकिन विवरण प्राप्त भएको छैन । पहिरोले भोटखोलाका विभिन्न सडक अवरुद्ध भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण