एमाले मकवानपुरको अध्यक्षमा ४ जनाको उम्मेदवारी
मकवानपुर । एमाले मकवानपुरको अध्यक्ष पदमा ४ जनाको उम्मेदवारी कायम रहेको छ । अध्यक्ष पदका आकांक्षी रधुनाथ खुललाले मनोनयन फिर्ता लिएसँगै ४ जनाको उम्मेदवारी कायम रहेको हो ।
निर्वाचन समितिले अध्यक्ष पदमा ४ जनाको उम्मेदवारी कायम रहेको अन्तिम नामावली प्रकाशन गरेको हो । हिजो शनिवार साँझ ६ बजेसम्म निर्धारण गरिएको मनोनयन दर्ताको समयमा अध्यक्षमा ५ जनाले उम्मेदवारी दर्ता गरेका थिए ।
अध्यक्ष पदमा देवराज रिमाल, इन्द्रमान स्याङ्तान, श्रीधर पोखरेल र लालबहादुर थापाको उम्मेदवारी कायम रहेको हो । अध्यक्ष पदका सशक्त उम्मेदवार खुलालले आन्तरिक सहमतिका लागि उम्मेदवारी फिर्ता गरेका हुन् । सहमतिका लागि तयारी गरिए पनि उम्मेदवारी फिर्ता गर्न कसैले इच्छा नदेखाएपछि खुलालले नाम फिर्ता लिएका हुन् ।
त्यस्तै उपाध्यक्ष पदका लागि परेको ४ जनाको उम्मेदवारी कायम रहेको छ भने सचिवमा ३ जना, उपसचिव खुलातर्फ ५ जना र उपसचिव महिलातर्फ ४ जनाको उम्मेदवारी कायम भएको छ ।
उपाध्यक्षमा हिदम लामा, सुनिल मोक्तान, ध्रुव चौलागाई र भरत दुलालको उम्मेदवारी कायम रहेको छ । सचिव पदमा ५ जनाको उम्मेदवारी परेकोमा ३ जनाको कायम रहेको छ । सचिव पदमा मदन कुमार दाहाल, सीता विष्ट र राजन थापाको उम्मेदवारी कायम भएको छ । सचिव पदमा उम्मेदवारी दिएका सुमित्रा काफ्ले, नरहरि महतले नाम फिर्ता लिएका हुन् ।
त्यस्तै उपसचिव खुलातर्फ ईन्द्रप्रसाद नेपाल, कृष्णप्रसाद चौलागाई, दीपक खड्का, फुर्वा दोर्जे लामा र खेमराज मगरको उम्मेदवारी कायम रहेको छ । उपसचिव महिलातर्फ कल्पना बलामी, जुना दाहाल, आरती पाठक र पार्वती रानाको उम्मेदवारी कायम रहेको छ ।
हेटौँडा–४ स्थित रोयल पार्टी प्यालेसमा जारी निर्वाचन प्रक्रिया अन्तर्गत आइतबार दिउँसो १ बजेबाट मतदानको कार्यक्रम सञ्चालन हुनेछ । अधिवेशन अन्तर्गत निर्वाचन कार्यक्रमबाट ५ जना पदाधिकारीसहित १०५ सदस्यीय जिल्ला कमिटी चयन गरिनेछ । शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशनमा ७७७ प्रतिनिधि सहभागी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा
-
कांग्रेस जोगाउन स्थानीय जनप्रतिनिधिकाे हस्तक्षेप, राष्ट्रिय भेला बोलाइयो
-
सडकमा प्रहरीको लाठी, सामाजिक सञ्जालमा मिम : युवा-विद्रोहको बदलिँदो रूप
-
तीन महिनामा ७ हजार फरार प्रतिवादी पक्राउ
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण