बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर नै बजेट ल्याइएको बताएका छन् ।
आईतावर संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले नियतवश कुनै क्षेत्रलाई छुट्यायो भन्ने आरोप लगाउन नहुने जिकिर गरे । उनले सरकारले बजेट ल्याउँदा कुनै क्षेत्र छुटेका हुनसक्ने र ति क्षेत्रलाई आगामी बजेटमा नछुटाउन बहस र छलफल गर्न सकिने बताए । अर्यालले मन्त्रीहरुले बजेट पठाएपछि मात्रै बजेट आएको बताए ।
उनले भने, ‘सरकारले बजेट ल्याउँदै गर्दा सबै क्षेत्रलाई समेट्यो समेटेन, निजी क्षेत्रलाई समेट्यो समेटेन, कर्मचारीहरुलाई समेट्यो की समेटेन । यसका बारेमा आज छलफल गर्दैछौँ । यो बजेट सरकारले ल्याएको हो । सरकारले बजेट ल्याउँदा कुनै क्षेत्र छुटेका हुनसक्छन्, अर्को पटक नछुटाउन के गर्न सकिन्छ भनेर बहस गर्न सकिन्छ । तर नियतवश छुटाइएको हो भनेर आरोप लगाउन उचित हुँदैन । बजेट बनाउँदा सबै मन्त्रालय र मन्त्रीहरुले बजेट पठाएर नै बजेट बन्ने हो । मलाई थाहा नभइ बजेट बन्यो भन्न म सक्दिन ।’
मन्त्री अर्यालले कर्मचारीको तलव बढाउने विषय श्रम मन्त्रालयअन्तर्गत नपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी
-
टर्कीको एक उड्डयन कम्पनीमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु
-
जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता
-
विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?
-
कालीगण्डकी जलविद्युत् : लागत दुई खर्ब २४ अर्बभन्दा बढी
-
बिगो निर्धारण निर्देशिकामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै आरोपीमाथि बिगो तोक्ने व्यवस्था गर्न सुझाव