कोशी प्रदेशको नीति तथा कार्यक्रम सोमबार प्रदेशसभामा पेस हुने
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको हो ।
उक्त नीति तथा कार्यक्रम सोमबार दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले प्रस्तुत गर्ने कार्यक्रम छ ।
सरकारले प्रदेशसभालाई सम्बोधन गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ । यसैगरी बैठकले महालेखा परीक्षकको छैटौँ प्रतिवेदन प्रदेश सभामा प्रस्तुत गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
यसअघि सहरी विकास तथा भवन कार्यालयलाई रकम निकासा पठाउने भनी निर्णय गरेको खेल पूर्वाधार निर्माण तथा स्तरोन्नतिका लागि स्थानीय तहलाई रकम पठाउने निर्णय गरेको सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
-
काठमाडौँसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा
-
नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने
-
२०२२ देखि विश्वकप २०२६ सम्मः जसलाई पनि हराउन सक्ने टोली
-
अत्यधिक गर्मीका कारण अमेरिकामा स्वतन्त्रता दिवसका कार्यक्रम प्रभावित, केही स्थगित र रद्द
-
रुसी सेनाद्वारा लुहान्स्कको ‘पूर्ण स्वतन्त्रता’ को अभियान पूरा भएको पुटिनको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण