बायनान्स एप मार्फत ठग्ने किशोर भन्छन्, ‘म घाटामा छु’
काठमाडौँ । बायनान्स एपलाई माध्यम बनाएर ठगेको आरोपमा रोल्पाको माडी गाउँपालिका घर भएर कोटेश्वर बस्ने विज्ञान घर्तीमगर थुनामा छन् ।
१९ वर्षका घर्तीमगरले १२ कक्षासम्म पढेका छन् । पक्राउ गरेर अनुसन्धान गर्दा नेपालमा प्रतिबन्धित बायनान्स एप मार्फत किशोरले १ करोड ५५ लाखको कारोबार गरेको भेटिएको छ । करोडको कारोबार गरेको तथ्य भेटिए पनि अनुसन्धान अधिकृतहरूसँग उनले भनेका छन्–‘म घाटामा छु ।’
कारोबार गरेबापत बायनान्स एपले थोरै कमिसन पठाउने उल्लेख गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरूसँग उनले भनेका छन्–‘म ६० हजार घाटामा छु ।’
सामाजिक संजाल फेसबुकमा ध्रुवराज गिरीको फेसबुक आईडीमा विमला श्रेष्ठले यस्तो पोस्ट देखिन्–‘२० हजार ट्रेडमा इन्भेष्ट गरे २४ घण्टामा २ लाख ७० हजार हुन्छ ।’ मज्जाले कमाउन सकिने पोस्ट देखेपछि श्रेष्ठले आईडी सञ्चालकसँग कुरा गरिन् ।
ध्रुवराजले उनलाई भने–‘इन्भेष्ट गर्दा फाइदा आएको रकम तपाईंको बैंक खातामा आउँछ तपाईंको बैंक खाता नम्बर दिनुस् ।’ खाता नम्बर लिएपछि आइडी सञ्चालकले अनलाइन लगानी गर्न विज्ञान घर्तीमगरको ई–सेवा आइडीमा २० हजार डिपोजिट गर्न आग्रह गरे । युजर सञ्चालकले भने अनुसार उनले ध्रुवराज र विशाल थापाको बैंक खातामा २ लाख ७० हजार डिपोजिट गरिन् । पैसा डिपोजिट गरे पनि भने अनुसार २४ घण्टामा आकर्षक कमाइ भएन ।
पीडितले घर्तीमगरको ई–सेवा आईडीमा २० हजार, ध्रुवराजको नाममा रहेको प्रभु बैंकको खातामा दुई पटकमा १ लाख र विशालको एनआईसी एसिया बैंकको खातामा ४६ हजार डिपोजिट गरेकी थिइन् । रकम जम्मा गरेर अनुसार फाइदा रकम फिर्ता नभएपछि ९ जेठमा उनले उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिइन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी मधु थापा नेतृत्वको टिमले त्यसबारे अनुसन्धान गरेर विज्ञानलाई पक्राउ गरेको हो । पीडितले गुमाएको रकम मध्ये घर्तीमगरको खातामा ७० हजार आएको भेटिएको छ ।
घर्तीमरले क्रिप्टोकरेन्सी कारोबार पनि गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । बायनान्स एप मार्फत उनले १ करोड ५५ लाख १ हजार क्रिप्टोको कारोबार गरेका हुन् । उनीविरुद्ध ठगी र क्रिप्टो करेन्सी कारोबार गरेको कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका सुचना अधिकारी (एसपी) नवराज अधिकारीले जानकारी दिए ।
क्रिप्टोको कारोबार गरेबापत उनले कमिसन पाउँछन् । प्राविधिक रूपमा दक्ष घर्तीमगरले आफूलाई बायनान्सले थोरै कमिसन दिँदा घाटामा रहेको प्रहरीलाई बयान दिएका छन् ।
बायनान्समा युएसडिटी एक्स्चेन्ज गरेर नेपाली रकम घर्तीमगरको खातामा आउने गरेको अनुसन्धानबाट खुलेको छ । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्–‘घर्तीमगरको खातामा ठगीको रकम आएको आशङ्का छ ।’
ठगीमा संलग्न ध्रुवराज र विशालबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसईईमा जफत गरिएका मोबाइल नष्ट प्रकरण : क्षतिपूर्ति माग गर्दै सर्वोच्चमा रिट दर्ता
-
सिल्भर ट्रयाङ्गलले जोडिँदै पोखरा–भरतपुर–लुम्बिनी
-
भाषणमा रणनीतिक योजनाका ठुला गफ, प्राथमिकता कुल देउताका मन्दिर
-
रोनिश र तोशारा ‘मिस्टर एण्ड मिस एसईई आइकन २०२६’ घोषित
-
नेता भन्दा पनि जनता रिसाए भनेर चिन्ता गरौँ : सभापति थापा
-
ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण