हाइटेन्सनको लाइन बनाउने क्रममा करेन्ट लागेर मृत्यु
सोमबार, २१ जेठ २०८१, १४ : २४
नवलपरासी पूर्व । हाइटेन्सनको लाइन बनाउने क्रममा एक जना युवकको मृत्यु भएको छ । नरेनापुर गाउँपालिका-४ घर भएका २४ वर्षीय कुलदिप गुरुङको आइतबार दिउँसो मृत्यु भएको हो ।
रोयल कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौँमा कार्यरत गुरुङलाई कावासोती नगरपालिका-१६ चालिस किलो जंगलमा हाइटेन्सनको लाइन बनाउने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको मध्यबिन्दु जिल्ला अस्पताल डन्डामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण