औषधि व्यवसायीको चेतावनी : बिना कारण औषधिजन्य सामग्री जफत गरे आन्दोलनमा उत्रिन्छौँ
काठमाडौँ । कानुनअनुसार औषधि बेच्दा पनि जफत गरिएको भन्दै औषधि व्यवसायीहरूले आन्दोलन गर्ने चेतावनी दिएका छन् । मंगलबार काठमाडौँमा उनीहरुले औषधि व्यवस्था विभागमा दर्ता भएका औषधिहरू बेच्दा पनि मेडिकल व्यवसायीहरूको औषधि जफत गरिएकोप्रति आपत्ति जनाएका हुन् ।
नेपाल औषधि थोक व्यवसायी संघका अध्यक्ष विशराज बास्कोटाले औषधि व्यवस्था विभागमा दर्ता नभएको सामान छ भने जफत पाइने भन्दै औषधि विभागले कुनै जानकारी नदिई भ्याट तिरेर ल्याएको सामान जफत गर्नुले औषधि व्यवसायीहरू ताल्चा लगाएर आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउने बताए । उनले औषधि विभागले पनि अनुगमन गर्ने र महानगरले पनि अनुगमन गर्ने गरिरहेको भन्दै क्षेत्राधिकार कसको पर्छ भन्दै प्रश्न गरे । उनले औषधि अनुगमनको क्षेत्र महानगरको पर्छ कि पर्दैन भन्ने प्रश्न गरे ।
यता, औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधि ऐनले कुनैपनि पेसा व्यवसाय गर्न व्यवसायी राख्नुपर्ने, व्यवसाय हुनुपर्ने भन्ने तोकेकाले सोहीअनुसारको व्यवसाय गर्न आग्रह गरे । उनले विभागका कर्मचारीहरूले अनुगमनका क्रममा फार्मेसीहरूमा बेच्न पाइने बाहेकका औषधिहरू राखेको भएमात्रै जफत गरेको बताए । उनले फार्मेसीमा व्यवसायी नहुने बित्तिकै तालाचाबी लगाइदिने कुरा हुनु नहुने र त्यसमा विभागले ध्यान दिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण