भरतपुर महानगरले ठुलो डिसप्लेमा नेपाल र नेदरल्याण्डबिचको खेल देखाउने

चितवन । भरतपुर महानगरपालिकाले आईसीसी टि–२० विश्वकप क्रिकेटको नवौँ संस्करणको नेपाल र नेदरल्याण्डबीचको खेल १० बाई २८ फिटको डिसप्लेमा देखाउने भएको छ ।
टि–२० विश्वकप क्रिकेटको नवौँ संस्करणको खेलहरु संयुक्त राज्य अमेरिका र वेष्टइण्डिजमा जारी छ । नेपालले समूह चरणको पहिलो खेलमा मंगलबार नेदरल्याण्डसँग खेल्दैछ । यसको प्रत्यक्ष प्रसारण राति भरतपुरको गेष्ट हाउस चौरमा देखाउन लागेको महानगर प्रमुख रेनु दाहालले जानकारी दिइन् ।
नेपाल सन् २०१४ पछि टि–२० विश्वकप खेल्न लागेको छ । क्रिकेटप्रेमी दर्शकलाई सहज तरिकाबाट खेल देखाउन सकियोस् भन्ने उद्देश्यले ठुलो डिसप्लेको व्यवस्था गरिएको महानगरले जनाएको छ ।
भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भइरहेकाले यहाँ क्रिकेटको गतिविधि र महोल वृद्धि हुँदै गइरहेको छ ।
सन् २०२७ मा हुने यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता भरतपुरको यसै मैदानमा खेलाउने क्यानको तयारी पनि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन