समाजवादीका अध्यक्ष नेपाल र नेकपा महासचिव विप्लवबिच भेटवार्ता
मङ्गलबार, २२ जेठ २०८१, १९ : ५०
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेकपाका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'बिच मंगलबार साँझ भेटवार्ता भएको छ । महासचिव विप्लवसहित सोही पार्टीका प्रवक्ता खड्क बहादुर विश्वकर्मा (प्रकाण्ड) कोटेश्वर पुगेर अध्यक्ष नेपालसँग भेटवार्ता गरेका हुन ।
भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको नेकपा निकट पत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रेले बताए ।
पछिल्लो विकसित राजनीतिक घटनाक्रम र समाजवादी मोर्चालाई अगाडि बढाउने विषयमा नेताहरूबिच गम्भीरतापूर्वक छलफल भएको बुझिएको छ ।
समाजवादी मोर्चाको संयोजक समेत रहेका विप्लवले काठमाडौँ केन्द्रित भेटघाट बढाएको नेकपा स्रोतले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रास्वपा जिल्ला अधिवेशनमा कुटाकुट, भारतसँग बहुआयामिक साझेदारीकाे प्रतिबद्धता
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण