समाजवादीका अध्यक्ष नेपाल र नेकपा महासचिव विप्लवबिच भेटवार्ता
मङ्गलबार, २२ जेठ २०८१, १९ : ५०

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेकपाका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'बिच मंगलबार साँझ भेटवार्ता भएको छ । महासचिव विप्लवसहित सोही पार्टीका प्रवक्ता खड्क बहादुर विश्वकर्मा (प्रकाण्ड) कोटेश्वर पुगेर अध्यक्ष नेपालसँग भेटवार्ता गरेका हुन ।
भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको नेकपा निकट पत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रेले बताए ।
पछिल्लो विकसित राजनीतिक घटनाक्रम र समाजवादी मोर्चालाई अगाडि बढाउने विषयमा नेताहरूबिच गम्भीरतापूर्वक छलफल भएको बुझिएको छ ।
समाजवादी मोर्चाको संयोजक समेत रहेका विप्लवले काठमाडौँ केन्द्रित भेटघाट बढाएको नेकपा स्रोतले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : अन्तत: विश्व बने विजेता, सरकारमाथिको संकट टर्यो
-
तीन सय ९५ जनाले गरे सगरमाथा आरोहण
-
पुछारका दुई टोलीको भिडन्त : चेन्नईद्वारा १ सय ८८ रनको लक्ष्य प्रस्तुत
-
स्रोत नखुलेको २५ लाख सहित साँगाबाट दुई जना पक्राउ
-
शैक्षिक संस्था आसपासमा सुर्तीजन्य पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउन माग
-
सर्वोच्चमा वकिलको तर्कः सबैको जड जीबी राई, लामिछानेकै पनि चेक बाउन्स